होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध
समाचार

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

  • नागरिक रैबार
पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

नागरिक रैबार/बाजुरा १ असार। लगातारको वर्षासंगै सडकमाथिबाट आएको पहिरोका कारण साँफे-मार्तडी सडक खण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ ।

वर्षासंगै सडकमाथिबाट आएको पहिरोले साँफे मार्तडीसडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, अम्कोट, दवारी, तिपाडा, पानीनाउला, ओलेना, नुनेपानी लगायतका क्षेत्रमा ठाउँठाउमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएकै कारण धनगढीबाट सदरमुकामा मार्तडीका लागि खाद्यन्न सहित लिएर आएका ट्रकहरु साँफेबगरमा अलपत्र परेका छन् ।त्यस्तै सदरमुकाम मार्तडीसम्म आउजाउ गर्ने साना यातायातका साधानहरु समेत विचबाटोमै अलपत्र अवस्थामा छन् । वर्षासंगै सडकमाथिबाट पहिरो आएकै कारण यातायात सेवा बन्द भएपछि स्थानीयहरुलाई आवतजावतमा निकै समस्या भएको छ ।

विज्ञापन

त्यस्तै जिल्लाको मार्तडी-कोल्टी, गौमुल, डोगडी, त्रिवेणी लगायतका क्षेत्रका ग्रामिण सडक समेत अवरुद्ध बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार