होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ताँप्राका युवाले लगाए बुढीगंगा नगरपालिकामा ताला
समाचार

ताँप्राका युवाले लगाए बुढीगंगा नगरपालिकामा ताला

  • नागरिक रैबार
ताँप्राका युवाले लगाए बुढीगंगा नगरपालिकामा ताला
तस्वीर सामाजिक सन्जालबाट

नागरिक रैबार/बाजुरा १३ असार।  जिल्लाको बुढीगंगा नगरपालिकामा ताँप्राका युवाहरुले तालावन्दी गरेका छन् । ताँप्री सेराको वस्ती जोगाउनका लागि तटवन्धन निर्माण गर्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट ५० लाखको योजना कार्यान्वयन गर्न नगरपालिकालाई अख्तियारी दिएको भएपनि नगरपालिकाले योजना कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै नगरपालिकाकै ताँप्राका युवाहरुले नगरपालिकामा तालावन्दी गरेको बताईएको छ ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयले सो योजना कार्यान्वय गर्न असार ७ गते नगरपालिकालाई अख्तियारी पत्र पठाएको एकसाता वित्न लाग्दा समेत नगरपालिकाले कुनै चासो नदिएपछि नगरपालिकामा तालावन्दी गर्न बाध्य भएको युवाहरुले बताएका छन् ।
गत वर्षको बाढीका कारण ताँप्री सेराबजार जोखिममा परेको भन्दै सो बस्ती जोगाउन ताँप्री सेरामा तटबन्धन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले ५० लाख रकम विनियोजन गराएका थिए ।

योजना सम्पन्न गर्नका लागि बुढीगंगा नगरपालिकाको २ नम्बर वडा कार्यालयले नगरपालिकामा सम्झौताका लागि सिफारिस गरेको भएपनि नगरपालिकाले सम्झौता र प्राविधिक स्टमेट समेत बनाउन नमानेको स्थानीयको आरोप छ ।

विज्ञापन

यो योजना यही असारमसान्त भित्र सम्पन्न गरिसक्नु पर्ने अख्तियारी भएको भएपनि असार दोस्रो साता वित्न लाग्दा समेत योजना कार्यान्वयनको विषयमा कुनै चासो नदेखिएपछि रकम फ्रिज जान सक्ने देखिएको छ ।

यता नगरप्रमुख दिपक विक्रम शाहले योजना कार्यान्वयनको विषयलाई लिएर युवाहरुले नगरपालिकालाई लगाएको आरोप झुटो भएको बताएका छन् । उनले भने प्राविधिकले बनाएको स्टमेट अनुसार नमानेर उपभोक्ता समिति र वडाले आफु अनुकुल स्टमेट तयार गर्न खोजेपछि यो विवाद सिर्जना भएको हो । असार मसान्तमा नगरपालिकामा तालावन्दी गरेपछि नगरपालिकाका कामहरु प्रभावित बनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै