होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आर्थिक अभावमा गोत्रीका नविन शाही अस्पतालको बेडमा छट्पटिदै
समाचार

आर्थिक अभावमा गोत्रीका नविन शाही अस्पतालको बेडमा छट्पटिदै

  • नागरिक रैबार
आर्थिक अभावमा गोत्रीका नविन शाही अस्पतालको बेडमा छट्पटिदै

नागरिक रैबार/बाजुरा १४ असार। आर्थिक अभावकै कारण जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ गोत्रीका २६ वर्षिया नविन बहादुर शाही यतिखेर काठमाण्डौंको विर अस्पतालको सैयामा छट्पटाईरहेका छन् ।

दुवै मृगौलामा समस्या देखिएपछि शाही अहिले काठमाण्डौंको विर अस्पतालमा मृगौलाको उपचारका लागि अस्पतालको सैयामा उपचाररत अवस्थामा रहेका छन् । आर्थिक अभावकै कारण दुवै मृगौला फेल भएका शाहीलाई अहिले उपचार गर्न मा निकै समस्या देखिएको छ ।

१ महिना अगाडि कर्णाली केयर अस्पताल सुर्खेतमा स्वास्थ्य जाँच गर्दा शाहीका दुवै मृगौला फेल भएको हुन सक्ने भन्दै काठमाण्डौंको विर अस्पतालमा रिफर गरिएकोे थियो ।

विज्ञापन

सुर्खेतको कर्णाली केयर अस्पतालले थप उपचारका लागि काठमाण्डौं रिफर गरेपछि दुवै मृगौला फेल भएको डाक्टरहरुले बताएको मृगौला पिडित शाहीले बताएका छन् ।

दुवै मृगौला फेल भएका शाहीले रिण निकालेर लिएको आर्थिक रकम जति सवै उपचारमा खर्च भईसकेको छ । अहिलेसम्मको उपचार गर्दा साढे ३ लाख रकम उपचार खर्चमा लागिसकेको मृगौला पिडीत शाहीले बताएका छन् ।

दुवै मृगौला आगामी भदौ महिनामा मृगौला प्रत्यारोपण गर्ने डाक्टरहरुले तयारी गरेको उनले बताएका छन् । तर मृगौला प्रत्यारोपण गर्दा लाग्ने करिव १५ लाख रकम आफुसंग नभएकोले मर्नुन बाँच्नु भएको पिडित शाहीले बताएका छन् ।

गरिव परिवारमा जन्मेका शाहीलाई अहिले आर्थिक अभावकै कारण दैनिक उपचार गर्न समेत निकै समस्या भईरहेको छ । उनले आफ्नो उपचार आर्थिक अभावकै कारण हुन नसकेकोले सहयोगी निकायलाई सहयोग गर्ने आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार