होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • गौमुलमा पनि राष्ट्रिय धान दिवस मनाईयो
गौमुल

गौमुलमा पनि राष्ट्रिय धान दिवस मनाईयो

  • नागरिक रैबार
गौमुलमा पनि राष्ट्रिय धान दिवस मनाईयो

नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको गौमुल गाउँपालिकाले पनि अठाराैं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि भन्ने मुल नाराका साथ गौमुल गाउँपालिकाको कृषि विकास शाखाले भव्यताका साथ आज धान दिवस मनाएको हो ।

May be an image of 7 people and outdoors
धान दिवसको अवसरमा कृषकको खेतमै पुगेर गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, उपाध्यक्ष सीता थापा, कृषि विकास शाखा गौमुलका कर्मचारी लगायत गाउँपालिकाका कर्मचारीहरुले दहि चिउरा खाँदै, एक अर्कामा हिलो छ्याप्दै धान दिवस मनाएका हुन् ।

May be an image of 1 person, animal and outdoors

विज्ञापन

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै आएको छ । कामको चटारोले थकित भएका किसानको शक्ति प्राप्तिका लागि आजको दिन दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँदै आएका छन् ।

May be an image of 12 people, people standing, tree and outdoors

सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निणर्य गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसानको वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

May be an image of 1 person, standing and outdoors

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । रोपाहारले खेतका गराको हिलो छ्याप छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार