होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ भदौ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ४ का एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ४ का अन्दाजी ४५ वर्षका धनबहादुर उखेडा रहेको वडा अध्यक्ष रामबहादुर कटुवालले बताएका छन् । उहाँका अनुसार उखेडा भदौ १८ गते बार्जुकोट दरबार नजिकैको भिरबाट लडेर घाईते भएका थिए । घाईते […]
बाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए। […]
नागरिक रैबार/बाजुरा १७ भदौ । बाजुराकाे बुढीगंगा नगरपालिका वडा ९ बिर्खम्म डाडाँको जङ्लमा भालुको आक्रमणमा परि एक युवती गम्भीर घाइते भएकी छन् । भालुकाे आक्रमणमा परि घाइते हुनेमा साेही वडाकि २१ वर्षिया काैसिला नेपाली रहेकी छन् । बिहिबार दिउसाे ४ बजे दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएका छन् ।घाइते युवतिको थप […]
नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका […]
नागरिक रैबार / बाजुरा २९ साउन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८र १० बिचमा पर्ने बेताल छडि झरना पर्यटकको पर्खाइमा रहेको छ । साफे मार्तडी सडक खण्डको करिब २० मात्रै मिनेट पैदल यात्रा रहेको झरना संरक्षण र प्रसार प्रसार अभावमा अाेझेलमा रहेको बुढिगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीय कृष्ण थापाले बताउनुभयो । […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
नागरिक रैबार/बाजुरा १ साउन। जिल्लाकाे बुढिगंगा नगरपालिकामा १४ बर्षिय छोरीलाई बलात्कार गर्ने पुरुषलाई जन्मकैदकाे फैसला गरेकाे छ । आफनै छोरीलाई जबरजस्तिकरण र हाडनाताकरणी मुद्धामा ६७ बर्षिय एक पुरुषलाई जन्म कैदकाे फैसला गरेको बाजुरा जिल्ला अदालतले वताएको छ । १४ बर्षकी छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी एन २०७४ को दफा २१९ (१) र २१९ […]
नागरिक रैबार/बाजुरा २८ असार । गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। साँफेबगर–मार्तडी सडकको साँफेदेखि ३५ किलोमिटरको आसपासमा झण्डै चार किलोमिटर सडकमा पहिरोको जोखिम धेरै भएकाले त्यो क्षेत्रमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने आवाज उठ्न […]
नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ क्युडिका बाढीपीडितलाई राहत वितरण गरिएको छ । हिमाली गाउँपालिकाको सहयोगमा उक्त वडाका बाढीपीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप खाद्यन्न र बस्नका लागि त्रिपाल वितरण गरिएको हो । क्यूडीमा गएको जेष्ठ २७ गते देखि असार ३ गते सम्म आएको मनसुन वर्षाका कारण क्यूडी वस्ती पूणर्रुपमा जोखिममा […]
नागरिक रैबार/बाजुरा २४ असार। गएराति अविरल वर्षासंगै गुईगाड खोलामा आएको बाढीले बुढीगंगा नदि थुनिएर सेरावगरमा ताल परेपछि आसपासका क्षेत्र जोखिम्मा परेका छन् । बुधबार राति गईगाड खोलामा आएको बाढीले बुढीगंगा नदिलाई सेरावगरमा थुनेर ताल परेको स्थानीय भरत बुढाले बताएका छन् । सेराबगरमा ताल थुनिएपछि फालासेन, ताँप्रीसेरा, बाम्का बजार र साँफेवगरमा रहेका बस्तीहरु उच्च जोखिम्मा परेका […]
नागरिक रैबार/बाजुरा २० असार। बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा संचालन गरिएको जेष्ठ नागरिक शिविरमा म्याद नाघेको औषधी वितरण गरेको पाइएको छ । शनिबार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नं २ र ३ वडाको समन्वय सञ्चालन भएकाे शिबिरमा म्याद सकिएकाे औषधी वितरण पाइएकाे हाे । ब्रह्मतोला स्वास्थ्य चौकीको सहजीकरणमा गरिएको जेष्ठ नागरिक स्वास्थ्य शिविरमा उपचारमा गएका जेष्ठ नागरिक […]
नागरिक रैबार/बाजुरा १५ असार। पहिरोका कारण जेठको अन्तिम साताबाट अवरुद्ध बनेको साँफे-मार्तडी सडक आजबाट सूचारु भएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने दवारी देखि वल्दे सम्मको सडकमा पहिरो खसेपछि सदरमुकाम मार्तडीसम्मको सडक करिव ३ सातादेखि अवरुद्ध बनेको थियो । पहिरोका कारण अवरुद्ध बनेको सडकलाई सूचारु गर्न स्काइभेटरले सडकमा खसेको पहिरो सफा गरेपछि आजबाट […]
नागरिक रैबार/बाजुरा १३ असार। जिल्लाको बुढीगंगा नगरपालिकामा ताँप्राका युवाहरुले तालावन्दी गरेका छन् । ताँप्री सेराको वस्ती जोगाउनका लागि तटवन्धन निर्माण गर्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट ५० लाखको योजना कार्यान्वयन गर्न नगरपालिकालाई अख्तियारी दिएको भएपनि नगरपालिकाले योजना कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै नगरपालिकाकै ताँप्राका युवाहरुले नगरपालिकामा तालावन्दी गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला […]
दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ । नागरिक रैबार डट कम पाठक, दर्शक […]
नागरिक रैबार/बाजुरा २३ जेठ। साईन नेपाल धनगढीले बुढीगंगा नगरापालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । साईन नेपालले कोभिड-१९ रिलिफ सपोर्ट परियोजना अन्तर्गत बुढीगंगा नगरपालिकालाई कनसेन्ट्रेटर १० लिटर र ५ लिटर गरी २ वटा, नेबुलाइजर २ वटा, पल्स अक्सिमिटर ३ वटा, पिपिई लगाएतका उपकरण तथा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको नगरप्रमुख दिपक […]
चक्र बहादुर अयडी/बाजुरा २१ जेठ। जिल्लाको त्रिवेणी नगरपालिकालाई पक्की सडक संजालसंग जोड्नका लागि मौरेमा मोटरेवल पक्की पुल निर्माण हुने भएको छ । विगत लामो समय देखिको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, माननिय लाल बहादुर थापा, जनकराज गिरी लगाएतका नेता तथा कार्यकर्ताको ठुलो पहल कदमि र प्रयास पछि सडक विभाग पुल महाशाखाबाट पक्किपुल निर्माण हुन […]
१८ जेठ,बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको हो।विभिन्न व्यक्तिहरुबाट हालसम्म करिब एक लाख ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको रामप्रसादका भिनाजु पदमराज रेग्मीले जानकारी दिए । विगत ८ वर्षदेखि मृगौला रोगबाट पीडित जैसीको अहिले दुवै मृगौलाले काम गर्न छोडेको आफन्तले बताएका छन्। हाल उनी मानव […]
नागरिक रैबार/बाजुरा १८ जेठ। राष्ट्रिय आविष्कार केन्द्र /Remote Covid Repose Team ले बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नगरपालिकामा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै उक्त केन्द्रले बुढीगंगा नगरपालिकाको कोभिड १९ अस्थायी अस्पताल/ टाँटे स्वास्थ्य चौकीलाई कन्सेन्ट्रेटर ३ थान, नेबुलाइजर २ थान, पल्स अक्सिमिटर २ थान, केएन ९५ मास्क, […]
नागरिक रैबार/बाजुरा १६ जेठ। आर्थिक वर्ष २०७८/७९ का लागि केपि ओली नेतृत्वको सरकारले जेठ १५ गते (हिजो) सार्वजनिक गरेको बजेटमा बाजुराका ९ वटा स्थानीय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट विनियोजन भएको छ। आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम […]
नागरिक रैबार/बाजुरा १६ जेठ। जिल्लाको बुढीगंगा नगरपालिकाको १ र २ मा पर्ने ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिन जोगाउन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले ५० लाख बजेट विनियोजन गरेका छन् । मन्त्री शाहले ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिनलाई मध्येनजर गरी आजकै मितिमा कार्यान्वयन हुने गरि उक्त स्थानमा तटबन्धन निर्माणका लागि […]