होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बुढीगंगामा मेयर-उपमेयर पुरुष नै बनाउनु होलाः एमाले नेतृ थापा
बाजुरा बिशेष

बुढीगंगामा मेयर-उपमेयर पुरुष नै बनाउनु होलाः एमाले नेतृ थापा

  • नागरिक रैबार
बुढीगंगामा मेयर-उपमेयर पुरुष नै बनाउनु होलाः एमाले नेतृ थापा

नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बुढीगंगा नगरपालिकामा महिलालाई पदमा स्थान नदिएपछि एमाले भित्रकै महिलाहरुले आपत्ती जनाएका छन् ।

शनिबार सम्पन्न नगरपालिकाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन महिलालाई ठाउँ नदिएको एमाले नेतृ विमला थापाले आपत्ति जनाएकि छन् । उनले एमालेको नेतृत्व तहलाई चुनौति दिदै सामाजिक संजालमा भनेकी छन् अबको चुनाबमा नेकपा एमाले बुढीगंगा नगरपालिकामा मेयर-उपमेयर पुरुष नै बनाउनु होला ।

महिलालाई काम गर्न पद चाहिदैन, पुरुषलाई पद भए पुग्यो काम गर्न पर्दैन कठै मेरो पुरुष प्रधान देश कहिले परिबर्तन होला । अरुलाई हग्न सिकाउने मान्छे आफु हग्न जान्दैन भन्थे हो रहेछ उनको तर्क छ ।

विज्ञापन

No description available.

त्यस्तै एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षका प्रत्यासी रहेका राकेश थापाले एमाले बुढीगंगा नगर कमिटीको प्रथम अधिवेशन जनतालाई अल्मल्याउँदै सम्पन्न भएको आरोप लगाएका छन् । उनले पनि सामाजिक संजाल मार्फत बुढीगंगा नगरमा एमाले पार्टीको विधान मिच्दै न समावेशी छ न राजनीति योग्यता छ केवल राजनीतिक दादागिरी गर्दै टिके प्रथाको निरन्तरता भएको टिप्पणी गरेका छन् ।

No description available.
कार्तिक ११ गतेबाट सूरु भएको एमाले बुढीगंगाको प्रथम नगर अधिवेशन ३ दिन पछि हिजो नरेन्द्र थापा अध्यक्ष रहने गरी ५५ सदस्यीय नयाँ नगर कमिटी चयन गर्दै सम्पन्न गरिएको थियो । साेही कमिटीको विषयलाइ लिएर अहिले बुढीगंगा नगर कमिटीमा तिव्र असन्तुष्टि देखिएको छ ।

जिल्लाका ९ वटा स्थानीय तह मध्ये ५ स्थानीय तहकोे अधिबेशन सर्वसम्मत तरिकाले सम्पन्न भइसकेको छ । त्यस्तै बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकाको अधिवेशन समेत चलिरहेको छ । यी मध्ये भोलि कात्तिक १५ गते त्रिवेणी नगरपालिका र १७ गते हिमाली गाउँपालिकामा अधिवेशन हुने एमाले बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै