होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एकैदिन २ जना पुरूष मृत अवस्थामा भेटिए
बाजुरा बिशेष

बाजुरामा एकैदिन २ जना पुरूष मृत अवस्थामा भेटिए

  • नागरिक रैबार
बाजुरामा एकैदिन २ जना पुरूष मृत अवस्थामा भेटिए

नागरिक रैबार
बाजुरा २४ कार्तिक।
बाजुरामा एकैदिन २ जना पुरूष छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका छन् । यसरी एकै दिन मृत अवस्थामा भेटिनेमा जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का अन्दाजि १८ वर्षका जीवन चंदारा र बुढीगंगा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । मृत अवस्थामा भेटिएका दुईजना मध्ये चंदारा बुढीनन्दा नगरपालिका ५ काे विरसैनमा र कटुवाल बुढीगंगा नगरपालिका ८ काे रिठाबजारकाे बुढीगंगा नदिमा भेटिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
मृत अवस्थामा भेटिएका बुढीगंगा ४ का कटुवाल २२ गतेबाट घरबाट बेपत्ता भएका थिए भने जगन्नाथ ६ का चंदारा राेजगारीकाे सिलसिलामा बुधबार सदरमुकाम मार्तडीमा आउन लागेका थिए । मृत अवस्थामा भेटिएका कटुवालकाे पाेष्मार्टमपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा दिईएकाे छ भने चंदाराकाे शव पाेष्टमार्टमका लागि काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएकाे छ । एकैदिन छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेटिएका दुवै जनाकाे  घटनाबारे थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुरालेे बताएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार