होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बुढीगंगा १० मा काँग्रेसबाट वडा सदस्य जितेका भाेलाराम जाेशी समाजवादीमा प्रवेश
राजनीति

बुढीगंगा १० मा काँग्रेसबाट वडा सदस्य जितेका भाेलाराम जाेशी समाजवादीमा प्रवेश

  • नागरिक रैबार
बुढीगंगा १० मा काँग्रेसबाट वडा सदस्य जितेका भाेलाराम जाेशी समाजवादीमा प्रवेश

नागरिक रैबार
बाजुरा ५ कार्तिक। नेपाली काँग्रेस बाट बढिगंगा नगरपालिका १० मा वडा सदस्य जितेका भाेलाराम जाेशीले काँग्रेस छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस पाटीमा लामो समय देखि क्रियासिल भएर लागेका वडा सदस्य जाेशी सहित विनाेद सार्की, गाेकुल रावल लगायत दर्जनाै काँग्रेसका कार्यकर्ताले समाजवादी पार्टीमा प्रेवेश गरेकाे पुष्पजंग थापाले बताएका छन् ।
काँग्रेस छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका उनिहरूलाई बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष तथा समाजवादी पार्टी बुढिगंगा नगर ईन्चार्ज भरत थापाले स्वागत गरेका छन् ।
वडा सदस्यमा बुढीगंगा १० मा सबैभन्दा बढी मत ल्याएर विजयी भएका भोलाराम जोशी वडा न.१० मा नेपाली काङ्ग्रेसमा राम्रो छबी भएका र धेरै प्रभाव पार्ने नेताका रूपमा परिचित हुन् ।
वडा सदस्य जाेशीसहित समाजवादी पार्टीमा पर्वेश गरेका उनिहरूले आगामी दिनमा नेकपा एकीकृत समाजवादी पाटी निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार