होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाह्रविसको सुर्योदय सहकारीको भवन बनाउने कामदारले ज्याला पाएनन्
समाचार

बाह्रविसको सुर्योदय सहकारीको भवन बनाउने कामदारले ज्याला पाएनन्

  • नागरिक रैबार
बाह्रविसको सुर्योदय सहकारीको भवन बनाउने कामदारले ज्याला पाएनन्

अरुण गाउँले/बाजुरा ७ कार्तिक। बुढीगंगा नगरपालिका साविकको बाह्रविसमा स्थापित सुर्योदय बहुउद्देश्यीय सहकारीको भवन निर्माणमा लागेका कामदारले २ वर्ष वित्न लाग्दा समेत ज्याला नपाएको बताएका छन् ।

२०७६ सालमा सहकारीको भवन निर्माण कार्य गरिसक्दा समेत सहकारीले अहिलेसम्म भवन निर्माणमा खटिएका २० जना कामदारको ज्याला नदिएको कामदार खड्क विष्टले गुनासो गरेका छन् ।

सहकारीको भवन निर्माणको जिम्मा लिएका खडक विष्टले सहकारीबाट अहिलेसम्म काम गरेवाफतको सम्झौता अनुसार २० जना कामदारको ३ लाख ६ हजार ८ सय ५० रकम नपाएको उनले बताएका छन् ।

विज्ञापन

सहकारीको भवन निर्माणका लागि भौतिक पुर्वाधार विकासबाट १८ लाख रकम आएको थियो । तर भवन निर्माणमा काम गरेका कामदारले सम्झौता अनुसारको रकम अहिलेसम्म पाएका छैनाै उनले भने।

सहकारीको भवन निर्माणकै क्रममा कामदारका लागि ६५ हजार बराबरको खाद्यन्न गाउँ नजिकैको पसलबाट ६५ हजार बराबरको खाद्यन्न ल्याएको रकम समेत तिर्न नसकेको भवन निर्माणको जिम्मा लिएका खड्क विष्टले बताएका छन् ।

उनले भने भवन निर्माण गर्दा कामदारका लागि लागेको खर्च सहकारीसंग माग गर्दा सहकारीका अध्यक्ष रामचन्द्र जैशीले वेवास्ता गर्ने गरेको बताएका छन् । कामदारको ज्याला वाफतको रकम सहकारीबाट माग गर्दा नदिएपछि जिल्ला प्रहरी कार्यालय बाजुरालाई उजूरी गर्दा पनि अहिले सम्म सहकारीबाट ज्याला नपाएको बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार