होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा जातीय विभेद् गर्ने जैशीलाई अदालतले तोक्यो जरिवाना (मुद्धाको पूणर्पाठ)
बुढीगंगा

बाजुरामा जातीय विभेद् गर्ने जैशीलाई अदालतले तोक्यो जरिवाना (मुद्धाको पूणर्पाठ)

  • नागरिक रैबार
बाजुरामा जातीय विभेद् गर्ने जैशीलाई अदालतले तोक्यो जरिवाना (मुद्धाको पूणर्पाठ)

नागरिक रैबार/बाजुरा १५ कार्तिक।बाजुराका दलित समुदाय तथा दलित पत्रकारहरुमाथि सामाजिक संजाल मार्फत जातीय विभेद् गर्ने बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँका वर्ष ३५ का सत्यराज जैशीलाई बाजुरा जिल्ला अदालतले ५ हजार जरिवाना सहितको फैसला सुनाएको छ ।

जातिपातिको आधारमा छुवाछुत तथा भेदभाव् गर्न नहुने मुद्धामा बाजुरा जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको २०७८/५/२१ गतेको ईजालासले प्रतिवादी सत्यराज जैशीबाट ५ हजार जरिवाना असुल गर्नु भनि फैसला गरेको हो । जातिपातिको अधारमा छुवाछुत वा भेद्भाव गर्न नहुने सम्बन्धीत जिल्ला अदालत बाजुराबाट गरिएको यो पहिलो फैसला हो ।

जैशीले मिति २०७७ असार १ गते राति १० बजेको समयमा सिंगो बाजुरा जिल्लाका दलित समुदाय र यहाँ पत्रकारलाई लक्षित गरी जातिपातिको आधारमा छुवाछुत वा भेद्भावपूणर् व्यवहार हुने गरी सामाजिक लेखेका थिए ।

विज्ञापन

सोही विषयलाई लिएर राष्ट्रिय दलित पत्रकार संघ बाजुरा शाखाका अध्यक्ष मदन विकको नेतृत्वमा जिल्लाका दलित समुदायका पत्रकारहरु र दलित अधिकारकर्मीहरुले जातीय भेदभाव् गर्ने जैशीमाथि कारवाही गरिपाउँ भनेर २०७७ साल असार २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रतिवादी जैशी विरुद्धको फैसला भने बाजुरा जिल्ला अदालतबाट डेढ वर्षपछि निजबाट ५ हजार जरिवाना भराउने गरी फैसला सुनाएको हो ।
मुद्धा सरकार पक्षबाट हेरिएको भएपनि लामो समयसम्म मुद्धाको फैसला नआउनु निकै दुखद् कुरा त हँुदै हो । तरपनि अदालतबाट ढिलै आएको फैसला हेर्दा दलित समुदायले र सोही समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुलाई लगाईएको लाल्छना अनुसारको निज जैशीलाई सजाए नभएको प्रति पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्षका प्रत्यासी प्रेमबहादुर विकले आक्रोस व्यक्त गरेका छन् ।

उनले भने अझैपनि दलित समुदायप्रति हेर्ने राज्यका अन्य निकायको पनि ध्यान उस्तै रहेको छ । न्यायलयले पनि दलित समुदायलाई उचित न्याय नदिएको र जात व्यवस्थामै आधारित भएर यो फैसला आएकोप्रति विकको आपत्ति छ ।
(हेर्नुहोस मुद्धा फैसलाको पूणर्पाठ)

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यो पनि पढ्नुस् ।

बाजुरामा जातीय भेद्भाव गर्ने जोशी विरुद्ध मुद्धा दर्ता

नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ ।

बाजुरामा जातीय भेद्भाव गर्ने जोशी विरुद्ध मुद्धा दर्ता

सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कारवाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरेको हो ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाऊँ बाह्रवीसका Sattayaraj Joshi नामाङ्कितले सार्वजनिक सामाजिक सञ्जाल फेसबुक मार्फत रुकुम घटनाले हतभन्दा माथि गालीपायो । लम्की घट्नाले किन दलितलाई गाली हुँदैन् ? तर बाजुराका डुमले पनि लगाए कुन दुलामा छौ ? डुम पत्रकार निसाब गर । होईन भने डुमलाई डुम भनिन्छ । दुईमत छैन् । भन्दै लेखेका थिए ।

यसरी सिंगो बाजुरा जिल्लाका दलित समुदाय र दलित समुदायका पत्रकारहरुको सार्वजनिक रुपमा मानमर्दन हुने अभिव्यक्ति दिएकाले राष्ट्रिय दलित पत्रकार संघ बाजुराको अगुवाई र दलित अगुवाहरुको नेतृत्वमा सोमबार निज जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको दलित पत्रकार संघ बाजुरा अध्यक्ष मदन विकले बताएका छन् ।

जातीय भेद्भाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कसु गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा १ हजारदेखि २५ हजार सम्म रुपैया जरिभाना अथवा दुवै सजाय हुने उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८ जारी भएको १० वर्ष हुँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय विभेद् र छुवाछुत मुक्त देश घोषणा गरिसकेको छ ।

नेपालको संविधान २०७२ ले सवै खालका विभेद्हरुको अन्त्य र सामाजिक न्यायको हक सुनिश्चितता गरेको थियो । तर जातीय विभेद् विरुद्ध खुलेरै कानूनी निकायमा जान नसक्दा ग्रामीण क्षेत्रका दलित समुदाय विभेदको सिकार हुनु परेको पत्रकार महासंघका सचिव प्रेम विकले बताएका छन् ।

अन्तरजातीय विवाह, घरभाडा/प्रवेशलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा दलितको उपस्थिति तथा सहभागितालाई अस्वीकार गर्ने विभेदित परम्परा अझैं यहाँ कायमै रहेको दलित अधिकारकर्मी गोरख सार्कीले बताएका छन् ।अझैपनि प्रचलित नीतिनियम तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएका कारण दलित समुदाय प्रताडित भईरहेका प्रेस संगठन नेपाल बाजुराका संयोजक बसन्त विश्वकर्माले बताएका छन् ।

त्यस्तै दलित अगुवा मानबहादुर विकले जिल्लामा दलित माथि हुने सवै प्रकारका जातीय विभेद् तथा छुवाछुतका घटनाहरुमा समग्र दलित समुदायले एक भएर लाग्नु पर्ने बताएका छन् । उनले भने यस्ता मुद्धा दलित समुदायका मात्रै हुन भनेर दलितले मात्रै लाग्नु पर्ने केही छैन् सवैको साझा विषय भएकोले राजनीति आग्रह पुर्वाग्रह नराखि सवै वर्ग र समुदायले यस्ता घटना घट्न नदिन आवश्यक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरामा लिखित जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले निज जोशीको खोजतलास तथा अनुसन्धान गरी प्रचलित देहाय बमोजिम कानुनी कारवाही गरिने बताएका छन् ।

जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गर्न राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदन विक, दलित अधिकारकर्मीहरु गोरख सार्की, मानबहादुर वि.क. प्रेस संगठन नेपाल बाजुरा संयोजक बसन्त विश्वकर्मा पत्रकार महासंघ बाजुरा सचिव प्रेम वि.क, राष्ट्रिय युवा संघ बाजुराका संयोजक सन्तोष विक सदस्य शंकर चंदारा, अनेरास्ववीयुका राजेश पायल वि.क. प्रेम नेपाली रेडियो बाजुराका समाचार प्रमुख रमित विक, रेडियो नेपाला बाजुरा सम्वाददता राजेन्द्र विक, नजिक न्युजका अनलाईन सम्पादक प्रमित विक, राष्ट्रिय दलित पत्रकार संघ बाजुराका सचिव रामबहादुर विक, कोषाध्यक्ष सरिता नेपाली, सदस्य सोधा नेपाली, कमला विक लगायत गएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै