होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ कार्तिक। बाजुराको ढम्कनेमा फलेका अर्गानिक ४० क्वीन्टल आलु पहिलो पटक नेपालकै दोस्रो ठुलो शहर पोखरामा लगिएका छन् । कृषि ज्ञान केन्द्र बाजुराको बजारीकरण सहयोग तथा ढम्कने कृषि सहकारी सस्थाकाे समन्वयमा स्थानीयले उत्पादन गरेका आलु पहिलोपटक पोखरा लगिएका हुन् । पोखरा शहरमा बाजुरामा फलेका आलुको बजारीकरण गर्नका लागि एग्रो मार्टका ओमप्रकाश बराल, पोखरा […]
नागरिक रैबार/बाजुरा २२ कार्तिक। विद्यालयमा विद्यार्थीहरुकाे नियमितता र शिक्षाको गुण्स्तर सम्वन्धि २ दिने प्रधानाध्यापकहरुसंगको समिक्षा गोष्ठी शुक्रबारबाट मार्तडीमा सूरु भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पीसविन बाजुराद्वारा संचालित यूवा सशक्तीकरण बुलगारी परियोजनाको आयोजना तथा र जिल्ला शिक्षा समन्वय इकाई बाजुराको समन्वयमा उक्त समिक्षा गोष्ठी मार्तडीम सूरु भएको हो । सेभ द चिल्ड्रेन अन्तरगतको […]
नागरिक रैबार/ बाजुरा २१ कार्तिक । बाजुराको बडीमालिका नगरपालिकाको वडा नं.७ ढम्कनेमा बुधबारदेखि आलु महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा एक हजार कुन्टल आलुको पहाड बनाईएको छ । कार्तिक २० गतेबाट सुरु भएको महोत्सवमा आलु कै प्रदर्शन तथा आलुका विभिन्न परिकार पर्दशनि गरिएकाे बडीमालिका नगरपालिका वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भएको छ । […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा पहिलो पटक हुन लागेको आलु महोत्सवको तयारी पुरा भएको छ । कार्तिक २० गते देखि २२ गते सम्म संचालन हुने उक्त महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। बडीमालिका नगरपालिकामा टोल सुधार समिति गठन गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बजार एरिया भित्र पर्ने लोकतान्त्रिक चोक देखि खुलामंच भित्रको लागि टोललाई व्यवस्थित गर्नका लागि टोल सुधार समिति गठन गरिएको हो । कृष्ण बहादुर कार्की अध्यक्ष रहने गरी १३ सदस्यीय कार्यसमिती गठन गरेको छ । जसमा उपाध्यक्ष खडक […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। सदरमुकाम मार्तडीको मुहार दिनानुदिन फेरिदै गएको छ । मार्तडी बजार अहिले सफा सुग्गर र आकर्षक बन्दै छ । नगरपालिकाले मार्तडी बजारको ब्यबस्थापन, सडकको स्तरोन्नति र खानेपानीको ब्यबस्थापन गर्दै गएपछि सदरमुकाम मार्तडीको मुहारमा परिवर्तन आउदै गएको हो । बडीमालिका नगरपालिकाले मार्तडी बजारलाई व्यवस्थित बनाउनका लागि मार्तडीमा चक्रपथ सडक निर्माण गरिरहेको छ । […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ स्थित ढम्कनेमा हुन लागेको आलु महोत्सवको उद्धघाटन सुदूरपश्चि प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरिले गर्ने भएकि छिन् । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले यहि कार्तिक २० देखि २१ गते सुदूरपश्चिम प्रदेशमै पहिलोपटक बाजुरामा हुन लागेको आलु […]
प्रेम बहादुर विक/बाजुरा ५ कार्तिक। बाजुरा जिल्लाको पोरखे लेकको विवाद अझै टुङ्गीएको छैन् । दुईवटा स्थानीय तहकोबीच भागमा पर्ने उक्त पोरखे लेक नगरपालिकाको आन्तरिक विवादका कारण संरक्षण विहीन बनेको हो । जिल्लाको उत्तरतिर बुढिनन्दा नगरपालिकाको वडा नं. ९ र दशको चलन चल्तिको क्षेत्र पर्दछ । दक्षिणतर्फ बडीमालिका नगरपालिका वडा नं. ७ अर्थात सदरमुकाम मार्तडीको बासिन्दाको […]
नागरिक रैबार/ बाजुरा ३ कार्तिक। चर्चित देउडा गायिका शोभा थापाका ३ वटा देउडा गीतको छायाकंन मालिका माविको प्राङ्गणमा गरीएको छ । सुदूरपश्चिमका बनपाखामा गाईने देउडा गीतहरुको छायाङ्कन मार्तडीमा गरिएको गीतका गायिका शोभा थापाले बताएकी छन् । गितले खोजेको परीबेश अनुसारका देउडा गीतहरुको बाजुरा जिल्लामा सहभागि भएको समय पारी तिन ओटा देउडा गितको छायाङ्कन गरीएको गायिका […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ७ मा पहिलोपटक आलु मेला लाग्ने भएको छ । ढम्कने कृषि सहकारी संस्थाको आयोजना तथा बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा उक्त मेला हुन लागेको हो । स्थानीय कृषकहरुको आलु खेतिको उत्पादकत्वमा वृद्धि तथा व्यवसायीकतामा सहयोग पुगाउने उद्देश्यका प्रथम ढम्कने आलु मेला हुन लागेको हो […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। बडीमालिका नगरपालिकाकी एक सुत्केरी महिलालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले उद्धार गरेकाे छ। बडीमालिका नगरपालिका वडा नं. ७ कि २२ वर्षिया फुलमाया सुनारको बाटोमै सुत्केरी व्यथा लागेपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर अस्पतालमा पुर्याएको हो । शुक्रबार बिहान सोही नगरपालिकाकै वडा नं. ३ माईतीघर बाट एक्लै […]
नागरिक रैबार/बाजुरा ३० असोज। जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी जवानले दिएको रगतले जिल्ला अस्पताल बाजुरामा एक महिलाको ज्यान बचेकोे छ । उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा ४ दिन देखि भर्ना भएकि जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई महिला प्रहरी जवान सरस्वति बमले ए पोजेटिभ एक प्वाइन्ट रगत […]
नागरिक रैबार/बाजुरा २७ असोज। नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले एक विचल्लीमा परेको दीनः दुखिको परिवारका लागि खाद्यन्न सामाग्री सहयोग गरेका छन् । पत्रकार तथा सामाजिक अभियान्ता सिंहले बडीमालिका नगरपालिका वडा नं. ३ रजालिकि दिनः दुखि सुना सार्कीको ४ जनाको परिवारका लागि चामल, दाल, तेल लगायत खाद्यन्न सामाग्री सहयोग गरेका हुन् […]
नागरिक रैबार/बाजुरा २७ असोज ।त्रिवेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडको १८ औं वाषिक साधारण सभा मार्तडीमा सूरु भएको छ । उद्योमशिल बानी, उद्योगमा लगानी भन्ने मुल नाराका साथ त्रिवेणी सहकारी १८ औं वार्षिक साधारण सभा मार्तडीमा सूरु भएको हो । उक्त सभाकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्धघाटन गरेका हुन् । […]
नागरिक रैबार/ बाजुरा २६ असोज। राष्ट्रिय परीक्षा बोर्डले असोज ७ गते प्रकाशित गरेको कक्षा ११ को परिक्षामा काठमाण्डौं मोडल कलेजबाट बाजुराका खगेन्द्र बोगटी कलेज टप भएका छन् । काठमाण्डाै माेडल कलेजमा अध्ययनरत बाेगटीले कक्षा ११ को परिक्षामा म्यानेजमेन्ट तर्फ ३.६८ जिपिए नतिजा ल्याएर कलेज टप भएका हुन् । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कने […]
नागरिक रैबार/बाजुरा २४ असोज। बाजुरा सदरमुकाम मार्तडीस्थित गैरिबजारको एक पसलबाट एकै रात २ लाख ७० हजार बराबर नगद रुपैयाँ चोरी भएको छ । गैरिबजारमा रहेको रामबहादुर रोकायाको महादेव जनरल स्टोर कपडा पसलबाट नगद रुपैयाँ चोरी भएको हो । असोज २२ गते राति पसलमा कोही नभएको मौका छोपी पसलमा नगद सहित राखिएको बाकसको ताला खोलेर २ […]
नागरिक रैबार/बाजुरा १९ असोज। बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वडा भित्रका गरिब परिवारलाई दशै मनाउन खाद्यन्न सहयोग गरो छन् । वडा अध्यक्ष पाध्यायले दशैंको अवसरमा वडा भित्रका गरिव ३० परिवारलाई खाद्यान्न बितरण गरेका हुन् । गरिव परिवारलाई पाध्यायले दशै मनाउनका लागि खाद्यान्न सामग्री (चामल, दाल, नुन तेल र विस्कुट) बितरण […]
नागरिक रैबार/बाजुरा १६ असोज। अरिङ्गालको टोकाईबाट मार्तडीमा एक बालकको मृत्यु भएको छ भने २ घाइते भएका छन् । मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा नं. ९ का रामबहादुर थापाका अन्दाजि ५ वर्षिया समिर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विहिबार विहान मार्तडीको घर नजिकैको जगंलमा खेलीरहेको बेला अरिगांलहरु आएर टोकेको बताईएको छ । […]
नागरिक रैबार/बाजुरा १५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराले दशैं मनाउनका लागि अपाङ्ग दम्पति परिवारलाई आर्थिक र खाद्यन्न सामाग्री सहयोग गरेको छ । प्रहरीले दशैंको अवसर पारी जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ९ मार्तडी घर भएका शारीरीक रुपमा अपाङ्ग दम्पतिं दान बहादुर खत्री र उनकी धर्म पत्नी पार्वती थापाको परिवारलाई दशै मनाउनका लागि खाद्यन्न र लत्ता कपडा […]
नागरिक रैबार/बाजुरा १५ असोज। हिन्दु नेपालीहरुको महान पर्व दशैँ नजिकिएसंगै बाजुरामा चहल पहल निकै बढेको छ । दशै पर्व मनाउनका लागि कर्मथलो जिल्ला बाहिर बनाएकाहरु पनि यतिखेर जन्मथलो फर्किने क्रम बढेको छ । अहिले जिल्लाका अधिकाँस स्थानीय बजारहरुमा दशैका लागि विभिन्न पसलहरुमा सर–समान किन्नेको भिड नै लागेको देखिन्छ । दशै पर्वमा मिठो मसिनो खाने र […]