होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • विद्यार्थीको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेला
शिक्षा

विद्यार्थीको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेला

  • नागरिक रैबार
विद्यार्थीको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेला

रामबहादुर वि.क./बाजुरा १४ फागुन। विद्यार्थीहरुको पढाईलाई प्रभावकारी बनाउन सिकाई मेलाको आयोजना गरिएको छ । कक्षा १ देखी ३ सम्मका आधारभुत तहका बिद्यार्थीहरुलाई पढाईमा सीपको विकास गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको हो ।

बडीमािलका नगरपालिका वडा नं. ८ स्थित श्री बालमन्दिर आधारभुत विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सिकाई मेलाको आयोजना गरिएको हो । बुधबार एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले मेलाको उद्धघाट्न गरेका हुन् ।

विज्ञापन

विद्यालयमा समता तथा समावेसी शिक्षा प्रारम्भिक कक्षा सिकाईं तथा विद्यालय स्तरिय सिकाई मेलाको आयोजना गरिएको हो । बडीमालिका नगरपालिका वडा नं ८ कोे समन्वय , सेतो गुराउँस बालविकास सेवा बाजुराको आर्थिक सहयोग र बालमन्दिर आधारभुत विद्यालयको आयोजनामा उतm कार्यक्रम संचालन गरिएको हो ।

बालमन्दिर आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र रावको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल प्रमुख अथिती रहेका थिए भने त्यस्तै बडिमालिका नगरपालिकाका नगर उपप्रमुख कविता विष्ट, वडा नं ८ का वडा अध्यक्ष प्रकाश रावल, शिक्षा विकास ईकाइका प्रमुख गोपाल दत्त भट्ट, सेतो गुराउँस बालविकास सेवाकि कार्यक्रम संयोजक देवु खाति, मालिका नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय लगाएत विशिष्ट अथिती रहेका थिए ।

विद्यालयका प्रधानाध्यापक सुशिला वुढ् थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षक बलवान ऐडीले गरेका हुन् ।
कार्यक्रमका सहभागी अतिथीहरुले मेलामा राखिएका शैक्षिक सामाग्री स्टलहरुको प्रत्यक्ष अवलोकन समेत गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार