होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बडीमालिका नगरपालिकाको मत गणना भोलि विहान ७ बजेबाट सूरु हुने भएको छ । आज साँझबाट सूरु हुने भनिएको बडीमालिका नगरपालिकाको मतगणना सदुमुकाम मार्तडीको अवस्था तनावग्रस्त भएका कारण नभएको मतदान अधिकृतको कार्यालयले जनाएको छ । शनिबार बेलुका बसेको सर्बदलिय बैठकको निर्णयले आइतबार बिहान भोली ७ बजे बाट मतगणना सूरु हुने निर्वाचन अधिकृतको […]
नागरिक रैबार/बाजुरा३१ बैशाख। बडीमालिका नगरपालिकाको मतगणना अनिश्चित भएको छ । हिजो सम्पन्न भएको मतदान पछि बडीमालिका नगपालिका ८ मा एमाले र काँग्रेसका कार्यकर्ताविच दोहोरो झडप भएको थियो । सोही घटनाको विषयलाई लिएर राजनीतिक दलहरुविच असहमति भएपछि बडीमालिका नगरपालिकाको मतगणना कार्य ढिलाई भएको बुझिएको छ । जिल्लाका स्वामीकार्तिक र खप्तड क्षेडेदह गाउँपालिकामा मतगणना भईरहँदा बडीमालिका सहित […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। बाजुरा ३१ बैशाख । बाजुराको बडीमालिका नगपालिकाको मतगणना अझै हुन सकेको छैन् । मतदान सम्पन्न भएर पालिकाका ९ वटै वडाका मतपेटीकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो साँझ नै पुगेको भएपनि मतगणना भने अझै सूरु हुन नसकेको हो । यता मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले मतगणना सम्वन्धि सर्वदलीय बैठक बसिरहेकोले केही […]
नागरिक रैबार बाजुरा ३० बैशाख । बाजुराकाे बडीमालिका नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । बडीमालिकाकाे ८ नम्वरमा भने मतदानकाे अन्तिम समयमा काँग्रेस र एमालेका कार्यकर्ताविच सामान्य विवाद भएकाे थियाे । त्यसवाहेक अन्य ८ वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएकाे छ । नगरपालिकामा रहेका कुल ९ हजार ७ सय ३५ मध्ये […]
नागरिक रैबार/बाजुरा ३० बैशाख।बाजुराको सदरमुकाम मार्तडीसंगै जोडिएका बडीमालिका नगरपालिका ३ वटा वडामा ३ हजार ६ सय ६६ मत खसेको छ । जस अनुसार बडीमालिका नगरपालिकाको ७ मा १२ सय ६१, ८ मा १२ सय र ९ मा १२ सय १ मत खसेको हो । सदरमुकाम मार्तडीसंगै जोडिएका उक्त वडाहरु मध ७ मा १५ सय १०, […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका ९ मा १२ सय १ मत खसकेको छ । १४ सय ६६ मतदाता मध्ये महिला ६ सय १८ र पुरुष ५ सय ८३ जनाले मत खसालेका छन् ।
नागरिक रैबार/बाजुरा ३० बैशाख। बडीमालिका नगरपालिका वडा नं. ३ को चोयाकोट माविको मतदान केन्द्रमा दिउसो ३ बजेसम्म ४ सय ९ मत खसेको छ । ३ नम्वर वडामा कुल ७ सय ३९ जना मतदाता रहेका छन् । यो वडा एमालेबाट नगर प्रमुखका उम्मेदवार रहेकाअम्मरबहादुर खड्काको वडा हो ।
नागरिक रैबार/बाजुरा ३० बैशाख।बडीमालिका नगरपालिका वडा नं. ९ को मालिका माविको मतदान केन्द्रमा २ बजेसम्म ८ सय ३५ मत खसेको छ । विहान ७ बजेबाट सूर भएको मतदानमा सो वडाको मालिका माविको (क) मतदान केन्द्रमा ३ सय ९० र (ख) मतदान केन्द्रमा ४ सय ४५ मत खसेको बताईएको छ । बडीमालिका नगरपालिका ९ मा कुल […]
नागरिक रैबार बाजुरा ३० बैशाख बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ को सारदा मावि, जगन्नाथको २ र बुढीगंगाकाे ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन स्थलबाहिर एमाले र काँग्रेसका कार्यकर्ताविच विवाद भएपछि सो मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीनन्दा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको कार्यालय परिसरमा रहेको समिक्षालय भवन भित्र गरिने भएको छ । बडीमालिका नगरपालिका अन्तरगतका ९ वटै वडाका उम्मेदवार र नगरका मेयर उपमेयरका उम्मेदवारहरुको लागि हुने निर्वाचनको मतगणना उक्त भवनमा गरिने मुख्य निर्वाचन अधिकृतकोे कार्यालय बडीमालिकाले जनाएको छ । भोलि शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
यतीबेला देश चुनाबी माहोलमा छ । यो माहोलमा उम्मेदवारहरु आफ्नो प्रचारप्रसामा ब्यस्त छन् । चुनाबी प्रचारप्रसारमा पुरुषलाइ त केहि अप्ठ्यारो हुँदैन तर महिलालाइ भने साह्रै अप्ठ्यारो हुने गरेको छ । महिला उम्मेदवारहरुलाइ प्रचारप्रसारको दौडधुप एकतिर हुन्छ भने घरको कामधन्दा अर्कोतिर । किनभने महिला उम्मेदवार महिलाले चुनाबी प्रचारमा मात्रै नभएर अन्य सबै क्षेत्रको काममा सबै घरको […]
नागरिक रैबार /बाजुरा २६ बैशाख । नेकपा एमाले बडीमालिका नगर कमिटीले आज घरदैलो अभियानलाई सम्पन्न गर्ने भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका मेयर/उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको मनोनयन दर्तापछि नेकपा एमाले बडीमालिका नगर कमिटीले बैशाख १८ गते नगरपालिकामा वडा नं. ४ को रिलाबाट चुनावी घरदैलो अभियान सुरु गरेको थियो । नगरका ९ […]
नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय […]
नागरिक रैबार/बाजुरा २१ बैशाख। नेकपा एमाले बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कमिटीले वडा नं. नौं, सुखी र समृद्ध मौं भन्ने मुल नाराका साथ ६ पृष्ठ लामो प्रतिवद्धता पत्र तयार गरेर सार्वजनिक गरेको छ । एमाले बडीमालिका ९ नम्वर वडा कमिटीले आशन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडाबाट बनेका उम्मेदवारहरु विजयी भएपछि […]
नागरिक रैबार/बाजुरा १९ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन करिव ११ दिन बाँकी छ । जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । जसमध्ये बडीमालिका नगरपालिकामा ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । बडीमालिका नगरपालिकामा जम्मा ९ वटा वडा रहेका […]
नागरिक रैबार/बाजुरा १८ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी घरदैलो अभियान सुरु गरेको छ । निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी फिर्ता अवधी सकिए लगत्तै टोल बस्तीमा घरदैलो सुरु गरिएको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । नौ वटै वडाका अध्यक्ष सहीतका उम्मेदवारहरु वडा केन्द्रीत गरिएको र नगर प्रमुख उपपप्रमुखका उम्मेदवारहरु प्रत्येक टोल बस्तीमा […]
नागरिक रैबार/बाजुरा १६ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमालेको पार्टी कार्यालयमा केन्द्रीय सदस्य लालबहादुर थापाले नगर कमिटीले तयार पारेको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बडीमालिका नगर कमिटीले तयार गरेको २० […]
नागरिक रैबार/बाजुरा १६ बैशाख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा शुक्रबार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकाका लागि मृुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र आज मार्तडीमा आइपुगेको मुख्य निर्वाचन […]