होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ जेठ। बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले केही दिन अगाडि आफु र नगरपालिकालाई जाेडेर सामाजिक संजालमा आर्थिक चलखेल गरेकाे पत्र निराधार भएको बताएका छन् । सोमबार बडिमालिका नगरपालिकाले गरेकाे पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन । नगर प्रमुख खड्काले भने सामाजिक सञ्जालमा फैलाइएको कपोकल्पित भ्रमका पछाडी नलाग्न नगरबासीलाई आग्रह गरेका छन् […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ९ मा स्थापना भएको समाज सुधार युवा क्लवले पुस्तकालय संचालनमा ल्याएको छ । समाज सेवा र सामाजिक रुपान्तरणमा लागि परेको क्लबले युवा पुस्ताको ज्ञान सीप र क्षमता विकासमा योगदान गर्न पुस्तकालय सञ्चालन गरेको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको हाे […]
नागरिक रैबार। बडीमालिका नगरपालिका ७ ले सेवा क्षेत्र भित्रका स्थानीय कृषि उत्पादन तथा हस्तकलाको प्रर्दशनी गरेको छ । वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको एक कार्यक्रमको आयोजना गरेर प्रर्दशनी गरेको हो । स्थानीय रैथाने बालिको प्रर्वद्धन गरि उत्पादन बढाऔ, पौष्टिक आहार खाउँ र रैथाने बाली क्षेत्र विस्तार गरि आम्दानी बढाऔ […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले राष्ट्रिय परिचय पत्र दर्ता अभियान संचालन गर्ने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा उक्त अभियान ९ नम्वर वडा कार्यालयले बैशाख १९ देखि २९ संचालन गर्न लागेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । राष्ट्रिय परिचय […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । सर्वहारा गरिब […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारीको बैकल्पिक सडकको निर्माण कार्य पुरा भएको छ । विगत पाँच वर्ष देखि वर्षातका ५ महिना बल्दे-दवारीको १ किलोमिटर सडकमा खसेको पहिरोका कारण बन्द हुँदै आएको उक्त स्थानमा बैकल्पिक सडक निर्माणको काम पुरा भएपछि यस वर्ष वर्षातमा समेत सदरमुकाम मार्तडीसम्म नियमित यातायात सेवा संचालन […]
नागरिक रैबार बाजुरा २७ चैत। बाजुरामा एकल लाेक गायन प्रतियोगिता संचालन हुने भएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला शाखा बाजुराकाे आयाेजना र सामाजिक विकास कार्यालयकाे आर्थिक सहयाेगमा उक्त प्रतियाेगिता संचालन हुन लागेकाे हाे । सदरमुकाम मार्तडीमा आयाेजना हुन लागेकाे कार्यक्रममा जिल्ला भित्रका प्रतिभाहरूलाई एकल गायन प्रतियाेगितामा सहभागी गराईने आयाेजक लाेक तथा […]
नागरिक रैबार/बाजुरा २७ चैत । बाजुराको सदरमुकाम मार्तडी देखि गौमुल गाउँपालिकाको केन्द्र घटमुना जोड्ने सडकमा कालोपत्रेको काम सूरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना रहेको मार्तडी-घटमुना सडकको कालोपत्रेको काम सूरु गरिएको हो । सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको घटमुनासम्मको साढे १३ किलोमिटर सडक मध्ये पहिलो चरणमा मार्तडीदेखि भौनेरा सम्म साढे ६ किलोमिटर सडक कालोपत्रेको […]
नागरिक रैबार/बाजुरा २७ चैत । नेपाल विद्युत प्राधिकरण अन्तरगतकाे बाजुरा वितरण केन्द्रकाे कार्यालयमा तालवन्दी गरिएकाे छ । गत साउन २६ गते करेन्ट लागेर ज्यान गुमाएका बडीमालिका नगरपालिका ८ का भक्तबहादुर रावलकाे परिवारले ९ महिना वितिसक्दापनि प्राधिकरणले उचित क्षतिपुर्ति नदिएकाे भन्दै तालाबन्दी गरेका हुन् । बाजुरा वितरण केन्द्रमा ज्यालादारीमा काम गरिरहेका रावलकाे ९ महिना अघि बुढीगंगा […]
नागरिक रैबार/बाजुरा २२ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको स्वामित्वमा रहेको जग्गामा अवैधानिक रुपमा निर्माण गरिएका घर टहरा हटाउन व्यापारीहरुलाई निर्देशन दिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनिको खाली जग्गामा एकिकृत कृषि बजार सहितको कोल्ड स्टोर संचालन गर्ने भएकोले अवैधानिक रुपमा बनाईएका घरटहराहरु हटाउन व्यापारीहरुलाई २ दिनको समय दिएको बडीमालिका नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ मा स्थित ढम्कनेका कृषकहरुलाई आलु खेतीमा आत्मनिर्भर बनाईने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले जिल्लामा सवै भन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको ढम्कनेका कृषकहरुलाई आलु खेतिमा आत्मनिर्भर बनाउन लागेको हो । मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले लिवर्ड पोखराका प्राविधिक सहितको टिमलाई लिएर […]
काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल […]
नागरिक रैबार/बाजुरा २६ फागुन।अनेरास्ववियु बाजुराका सह-सचिव प्रेम नेपाली बाजुरा क्याम्पसले आयोजना गरेको बक्तृत्व कला प्रतियोगितामा प्रथम भएका छन् । बाजुरा क्याम्पसको आयोजनामा फागुन १७ गतेदेखि संचालित खेलकुद सप्ताह अन्तरगत आयोजना गरिएको बक्तृत्व कला प्रतियोगितामा नेपालीले प्रथम स्थान हात पार्न सफल भएका हुन् । बाजुरा क्याम्पसमा आगामी चैत्र पहिलो साता हुने स्ववियु निर्वाचनका लागि अनेरास्ववियुबाट सभापति […]
नागरिक रैबार/बाजुरा २५ फागुन । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा घर भएका दल बहादुर बडुवालकी ६ वर्षीय छोरी कमला बडुवाल रहेकी छन् । उनी श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय काेर्धमा कक्षा १ मा अध्ययनरत बिद्यार्थी हुन् । बिद्यालय टाढा भएपछि बिहान ९ […]
नागरिक रैबार/बाजुरा २१ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक नेपाल टेलिकमको एनटि फाईवर नेट संचालनमा आएको छ । नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाका अनुसार पुरानो एडिएसल सहितको इन्टरनेट सेवा विस्थापित गरेर सदरमुकाम मार्तडीमा नयाँ तिव्र गतिको एनटि फाइवर सेवा संचालनमा आएको हो । नेपाल टेलिकमले अहिले एनटि फाइवर नेट सेवा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जडान […]
नागरिक रैबार/बाजुरा २० फागुन।बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्यायको कृतिम खुट्टा फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण कृतिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृतिम खुट्टा फेरिएको हो । लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं […]
नागरिक रैबार/बाजुरा १६ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा यहि फागुन १९-२७ गते सम्म गर्ने भनिएको प्रथम खप्तड मालिका कृषि, पर्यटन, संस्कृति तथा व्यापार महोत्सवको मिति सारिएको छ । खप्तड मालिका युवा संजाल बाजुराले आज मार्तडीमा पत्रकार सम्मेलन गरेर १९ गतेबाट सूरु गर्ने भनिएको महोत्सव प्राविधिक समस्या र अन्य व्यवस्थापनका लागि समय नपुगेका कारण महोत्सवको मिति सारिएको जानकारी […]
नागरिक रैबार/बाजुरा १६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्ने खेलाडीहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गरेको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै १३ १३ औं राष्ट्रपति रनिङ शिल्डको विजेता बनेका बडीमालिकाका खेलाडीलाई बधाइ ज्ञापन गरेको हो । जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका […]
नागरिक रैबार/बाजुरा १६ फागुन।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा नेपाल विद्युत प्राधिकरणको लाईन विस्तारको काम अलपत्र परेको छ । मार्तडी देखि रजाली सम्म नयाँ पोलसहित विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण संग ३ वर्ष अघि ठेक्का सम्झौता गरेको अमृत कन्ट्रक्सनले विद्युत विस्तार र पोल गाड्ने काम अलपत्र छाडेको बडीमालिका ३ का वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरामा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । प्रतियोगितामा सवैभन्दा बढी २३ स्वर्ण, ७ रजत र ५ कास्य सहित जितेर बडीमालिकाले उपाधि हात पारेको हो । यस्तै प्रतियोगितामा त्रिवेणी नगरपालिका दोस्रो बनेको छ । त्रिवेणीले ८ स्वर्ण प्राप्त गरेको छ । प्रतियोगीतामा विजेता […]