होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार सिंह राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित
समाचार

पत्रकार सिंह राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

  • नागरिक रैबार
पत्रकार सिंह राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

नागरिक रैबार/बाजुरा ७ असार। बाजुराका सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश बहादुर सि‌ह  राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट  सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सिंहलाई नगद ५० हजार सहित सम्मानित गरेको हो । सिंहले युवाका क्षेत्रमा कलम चलाएको भन्दै सम्मानित गरेको हो । सिंह बडीमालिका खबरका सम्पादक तथा नेपाल टेलिभिजन र  त्यस्तै दि हिमालयन टाईम्समा कार्यरत रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले दोसल्लाह उडाएर सम्मान पत्र दिएर सम्मान गरेको छ । सिंह सहित चार जना पत्रकारलाई राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । समाचार सम्प्रेषण गरी युवा विकासमा महत्वपुर्ण योगदानको कदर गर्दै मन्त्रालयले सम्मान गरेको मन्त्रि लिम्बुले वताएका छन् ।

सिहं दि हिमालयन टाईम्समा बिगत एक दशक बढी समय देखी काम गरिरहेका छन् । सिंहले बाजुरा जस्तो क्षेत्रमा रहेर पछाडी परेका वर्गका बारेमा कलम चलाएको भन्दै उहाँलाई सम्मानित गरेको मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट पत्रकारलाइ हौसला स्वरुप तथा पत्रकारीता पेशामा निरन्तरताका लागि सम्मान गरेको मन्त्रालयले जनाएको छ ।

विज्ञापन

सिंह बाजुरामा एक दशक देखि पत्रकारिता पेशामा आबद्ध रहेको छन् । पत्रकारीता मात्र नभई बाजुराका दिन दुःखीको मानव सेवामा समर्पित छन् । उनले पत्रकारीता सँगै बेसाहारा शाहाराबिहिन १ सय बढी वालवालिकाको उद्धार गरिसकेका छन् । त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका एक सय भन्दा बढिलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन् ।

प्रकाशले  पत्रकारिता पेशासंगै  मानव सेवाको माध्यामवाट आफ्नो क्यारियर पनि उत्तिकै  चौडा वनाएको स्थानियले वताएका छन् ।  स्वास्थ्यकर्मीको पृष्ठभुमि बोकेका प्रकाश यतिवेला समाचार  अनि सामाजिक अभियान मार्फत बाजुराका दर्जनौ मानिसलाई लाखैं रुपैंया बराबरको  सहयोग गरेका छन् । गरिव, अशाह्य र अशक्त भएकै कारण स्कुल छोडेका वालवालिकाको उद्धार पनि उत्तिकै गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार