होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मालिका नमुना माविका विद्यार्थीलाई न्यानो लुगा वितरण
समाज

मालिका नमुना माविका विद्यार्थीलाई न्यानो लुगा वितरण

  • नागरिक रैबार
मालिका नमुना माविका विद्यार्थीलाई न्यानो लुगा वितरण

नागरिक रैबार/बाजुरा १६ असार।बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ ।

काठमाडौंमा रहेको दौतरी संस्थाको सहयोगमा मालिका माविका ईसिडि देखि कक्षा ६ सम्मका ५ सय ४८ जना विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताएका छन् ।

शनिबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई न्यानो लुगा (ट्रयाकसुट) वितरण गरेको हो । विद्यालयका विद्यार्थीलाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले न्यानो लुगा हस्तान्त्रण गरेका थिए ।

विज्ञापन

No description available.

विद्यालयमा अध्ययनरत गरिब तथा विपन समुदायका विद्यार्थीहरुलाई लक्षित गरी मालिका माविका प्रधानाध्यापक शुभराज पाध्यायको पहलमा करिव साढे ७ लाख बढीको न्यानो लुगा वितरण गरिएको विद्यालयले जनाएको छ ।

काठमाण्डौंमा ५ वर्ष अगाडी दर्ता भएको दौतरी संस्था जर्मनीको सहयोगमा संचालन हुँदै आएको छ । संस्थाले वर्षेनी देशभरका सामुदायिक विद्यालयका १ हजार विद्यार्थी शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।

No description available.

संस्थाका अध्यक्ष स्थापितले अहिले वितरण गरेको न्यानो लुगाले यहाँका विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा ठुलो सहयोग पुग्नेमा आशा व्यक्त गरेका छन् । उनले आगामी दिनमा समेत मालिका माविलाई शैक्षिक सामाग्रीहरु सहयोग गर्ने बताएका छन् ।

No description available.

मालिका नमुना माविका प्रधानाध्यापक शुभराज पाध्यायको अध्यक्षतामा स‌चालन गरिएको लुगा वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा दुर्गा भन्जन गुल्मका गुल्मपति दिवाकर खड्का, एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, मावोवादी नेता चन्द्र थापा, दाैतरी स‌स्थाका अध्यक्ष सम्पन्न स्थापित, कोषाध्यक्ष उत्तरा मानन्धर बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र‌गमल विक लगायत शिक्षक विद्यार्थी अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको स‌चालन विद्यालयका शिक्षक धिरबहादुर दानीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार