होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • एसियाकै होची महिला कलाकार मोना घिमिरे बाजुरामा
बाजुरा बिशेष

एसियाकै होची महिला कलाकार मोना घिमिरे बाजुरामा

मालिका माविमा छमछमी नाचिन्

  • नागरिक रैबार
एसियाकै होची महिला कलाकार मोना घिमिरे बाजुरामा

नागरिक रैबार/बाजुरा १६ असार।एसियाकै होची महिलाका रूपमा परिचित कलाकार मोना घिमिरे पहिलोेपटक बाजुरामा आईपुगेकी छन् । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पुगेर आफ्नो प्रस्तुति दिने क्रममा उनि बाजुरा आएकी हुन् ।शुक्रबार सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविको प्राङगणमा उनी छमछमी नाचेकी थिईन् ।

 

शारिरिक अपाङ्गता शरीर भएपनि उनले विद्यार्थीलाई नृत्यको माद्यमबाट भरपुर मनोरन्जन दिएकी थिईन् । समाजमा अपांगता भएका व्यक्तिहरूले केही गर्न सक्दैनन भन्ने आम बुझाईलाई परिवर्तन गर्न राष्ट्रिय अपाङगता तथा सांग सांस्कृतिक प्रतिष्ठान नेपालले अभियाननै चलाएर सुदूरपश्चिमका ९ वटै जिल्लामा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

विज्ञापन

No description available.

२ फिलट ६ इन्च अर्थात ३० इन्च उचाई भएकी कलाकार घिमिरे एसियाकै होची महिलाका रुपमा परिचित छन् । उनको उमेर अहिले ३७ वर्ष भएको छ । त्यस्तै जन्मजात दुवै खट्टा अपाङगता भएका चेतबहादुर केशीले पनि प्रस्तुति दिएका थिए ।

No description available.
मालिका माविको शुक्रबासरीय कार्यक्रमसंगै राष्ट्रिय अपाङगता तथा सांग सांस्कृतिक प्रतिष्ठान नेपालका अन्य कलाकारहरुले प्रस्तुति दिएका थिए ।

No description available.

बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाको प्रमुख आतिथ्यतामा संचालन गरिएको उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक धिरबहादुर दानी र राष्ट्रिय अपाङगता तथा सांग सांस्कृतिक प्रतिष्ठान नेपालका आकाश विरही कान्छाले गरेका थिए । कार्यक्रममा बडीमालिका २,६,७ र ८ का वडा अध्यक्ष लगायत सहभागि भएका थिए ।

भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार