होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • समता स्कुलका विद्यार्थीलाई सामाजिक अभियान्ता गुरुङको सहयोग
बडीमालिका

समता स्कुलका विद्यार्थीलाई सामाजिक अभियान्ता गुरुङको सहयोग

  • नागरिक रैबार
समता स्कुलका विद्यार्थीलाई सामाजिक अभियान्ता गुरुङको सहयोग

नागरिक रैबार/बाजुरा ३१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा रहेको समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

बेलायतमा बस्दै आएकी सामाजिक अभियान्ता इशा गुरुङले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी हुन् ।
दुर्गममा रहेको विद्यालयमा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको अभियन्ता गुरुङ बताएकी छन् ।

विदेशमा रहेर पनि अभियान्ता गूरुङले आफ्नो देशमा रहेका गरिव दुखि विपन्न नागरिकहरुका आफुले सके सम्मको सहयोग गर्दै आएकी छन् ।

विज्ञापन

अभियान्ता गुरुङको आर्थिक सहयोग तथा काठमाण्डाै निवासी तुलसी श्रेष्ठको समन्वयमा समता स्कुलका ३ सय ५१ जना विद्यार्थीलाई कापी र कलम सहयोग गरिएको समता स्कुलका प्रधानाध्यापक धर्म कार्कीले बताएका छन् ।

May be an image of 7 people and text that says 'HP 2023/6/14 06:52'

जिल्लाको सदरमुकाम मार्तडी मासिक १ सय रुपैयाँमा अध्ययन अध्यापन गराईरहेको समता स्कुलमा पछिल्लो समयमा विद्यार्थीहरुको चाप बढेको छ । १ सय रुपैयाँमा निजि बोडिङ सरह गुणस्तरीय पठनपाठन गराउँदै आएको समता स्कुल बाजुरामा २०७५ मा स्थापना भएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग गरेपछि पठनपाठनमा थप सहज भएको समता स्कुल बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार