होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २६ असार । गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमबिच एम्बेस्डरको घोषणा गरेको हो । एकबर्षका लागि एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता बताए । ‘मेरो लागी डिएनएसँगे जोडिनु ठूलो सफलता हो ।’ प्रकाशले कार्यक्रममा भने […]
चितवन, असार २६ । चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा आज बिहान आगजनीको प्रयास भएको छ । बिहान करीब ३ बजेतिर आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ एटी २६९१ नम्बरको मालबाहक ट्रकमा तीनजना युवाले तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्कुटरमा […]
कैलाली, असार २६ । लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन । टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएका हुन । हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए । चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर […]
काठमाडौं : नेकपाले जिल्ला इन्चार्ज–सहइन्चार्ज भागबन्डा जिल्ला कमिटी पदाधिकारी चयनकै मापदण्डका आधारमा गर्ने भएको छ। साविक एमाले–माओवादीकै जिल्ला इन्चार्ज रहेका केन्द्रीय सदस्यलाई नै इन्चार्ज/सह–इन्चार्ज बनाउने गरी केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी नेकपाले गरेको हो। यो मापदण्डमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी जुटिसकेको छ। अध्यक्षद्वय ओली र दाहालले यसअघि जिल्ला […]
२६ असार, काठमाडौं । बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ । विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला […]
डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो। यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो […]
कंचनपुरको पुनर्वासमा आफ्नै बुवाबाट छोरी बलात्कृत भएकी छिन । बेलौरी र पुनर्वासको सिमा क्षेत्र पर्ने पुनर्वास नगरपालिका-१,बन्धाताल टोलमा आफ्नै जन्म दिने बुवाबाट छोरी बलात्कृत भएकी हुन । बुधबार १४ वर्षिय आफ्नै जेठी छोरी एनिसा नेपाली (नाम परिवर्तन ) लाई बलात्कार गरेको आरोपमा ३९ वर्षिय कालू नेपाली (नाम परिवर्तन ) पक्राउ परेका हुन । मंगलबार राती […]
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठूलै रस्साकस्सीपछि केन्द्रीय कार्यसमितिको एजेण्डामा १४ औं महाधिवेशन घुसाउन सफल भएका छन् । पौडेलले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि ‘विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम संरचना बनेपछि १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा’ भन्ने एजेण्डा बनेको छ । यो सहितका १४ एजेण्डामा पार्टी […]
मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र […]
काठमाडौं, २६ असार । सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ । पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका […]
काठमाडौं । चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् । आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ । शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् । छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ । यस […]
एजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो । ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले […]
नागरिक रैबार/बाजुरा २५ असार ।बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र प्राध्यापक भीम विष्टवीच दोहोरो हातपात भएको छ । बुधबार दिउसो क्याम्पस संचालन भईरहेका बेला क्याम्पस प्रमुख पण्डित र प्राध्यापक विष्ट वीच दोहोरो हातपात भएको क्याम्पसका प्राध्यापक एंव घटनाका प्रत्यक्षदर्शी काँशीप्रसाद जोशीले बताएका छन् । प्रत्यक्षदर्शी प्राध्यापक जोशीले भने क्याम्पस प्रमुखले कम्प्युटरमा चलाउँदै गरेका […]
नागरिक रैबार/बाजुरा २५ असार ।बडीमालिका नगपालिका वडा नं ९ को कार्यलयले आर्थिक बर्ष २०७५÷०७६ मा जम्मा ३६ लाख पचास हजार रुपैया बिकास तर्फ खर्च गरेको छ । बस्ती स्तरबाट छनौट भएका १९ वटा योजनामा वडा कार्यलयले उक्त रकम विनियोजन गरिएको बडा अध्यक्ष विनोद कुमार विकले बताए । वडा कार्यलयले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि […]
नागरिक रैबार/बाजुरा २५ असार । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले नगरबासी जनताको सोच मात्र बदल्ने हो भने सम्मृद्ध नगरपालिका बनाउन सहज हुने बताएका छन् । नगरबासीलाई खुसी र सुखी बनाउने अभियानमा आफू अनवरत रुपमा लागि रहेको बताउदै उनले जनताको सोच परिवर्तन नभए सम्म सम्भव नहुने बताएका छन् । उनले भने “हामी नगर बदल्ने अभियानमा […]
काठमाडौँ, २५ असार । देशका विभिन्न स्थानमा बाढीरपहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले हालै जल […]
असार २५, कैलाली | कैलालीमा नालीमा जमेको पानीमा डुवेर दुई बालकको मृत्यु भएको छ | जिल्लाको भजनी नगरपालिका वडा नम्वर ५ मा सहदेव बुढाका ६ बर्षीय छोरा सुशान्त बुढा र सोही ठाउँका शेरवहादुर बुढाका ६ बर्षकै छोरा हनी बुढाको नालीमा जमेको पानीमा डुवेर मृत्यु भएको हो। मंगलवार दिउसो खेल्न गएका दुवै जना साँझ सम्म पनि […]
नागरिक रैबार/बाजुरा २५ असार । नेपाल प्रहरीको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका विभिन्न तालिम केन्द्रका उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको छ । […]
२५ असार, ओखलढुंगा । ओखलढुंगामा यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ […]
भोजपुर । नेत्र विक्रम चन्द नेकपा माओवादी र प्रहरीबीच गोली हानाहान भएको छ । आज(बुधबार) बिहान भोजपुर सदरमुकाममा चन्द नेकपा र प्रहरी बीच गोली हानाहान भएको हो ।गोली प्रहारबाट चन्द नेकपाका ओखलढुंगा इन्चार्ज निर कुमार राइ र प्रहरी जवान संजिव राइको मृत्यु भएको छ । घटनामा गोली प्रहारबाट प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएको छन् ।घटना […]