होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा मदिरा सेवन गरी कार्यालयमै लठ्ठ वडा सचिव पक्राउ
समाचार

कञ्चनपुरमा मदिरा सेवन गरी कार्यालयमै लठ्ठ वडा सचिव पक्राउ

  • नागरिक रैबार
कञ्चनपुरमा मदिरा सेवन गरी कार्यालयमै लठ्ठ वडा सचिव पक्राउ

असार ३१, कञ्चनपुर | कञ्चनपुरमा  वडा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सचिव सुन्दर बोहरा  कार्यालयमै  मदिरा सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ |

प्रहरीका अनुसार सचिव बोहराले मदिरा सेवन गरेर सेवाग्राहीलाई दुःख दिएकाले पक्राउ गरिएको  हो | उनलाई सेवाग्राहीले दिएकै सूचनाका आधारमा पक्राउ गरिएको हो |  वडा सचिव बोहराले कार्यालय समयमै मदिरा सेवन गरी सेवाग्राहीलाई दुःख दिदै आएको वडा अध्यक्ष राम सिह धामीले बताएका छन् |

पटक पटक आग्रह गर्दा समेत नमानेपछि  बाध्य भएर प्रहरीलाई खबर गरिएको उनले बताए  | महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ |

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार