होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मौसमविद् भन्छन्,– अब बिस्तारै पानी पर्ने क्रम घट्दै जान्छ
समाचार

मौसमविद् भन्छन्,– अब बिस्तारै पानी पर्ने क्रम घट्दै जान्छ

  • नागरिक रैबार
मौसमविद् भन्छन्,– अब बिस्तारै पानी पर्ने क्रम घट्दै जान्छ

काठमाडौं, असार ३१ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेकोले मनसुन विस्तारै कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारदेखि विस्तारै कम पानी पर्न थाल्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा दक्षिणतिर सर्दै गरेकाले अब हिजोअस्तिकोभन्दा कम पानी पर्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

मंगलबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । पहाडी क्षेत्र र तराईका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन

अब पानी पर्दा दिउँसोको तुलनामा राति धेरै पानी पर्ने मौसमविद्को अनुमान छ । दिउँसो जलवाष्पयुक्त हावा सञ्चित हुने र राति पानी पर्ने मौसमविद्हरु बताउँछन् ।

बुधबार बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले मध्य र पश्चिममा पानी पर्ने क्रम घट्दै जाने मौसमविद्को अनुमान छ । पूर्वमा भने अझै केही दिन पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार