होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने, नाङ्गो आँखाले पनि हेर्ने सकिने
समाचार

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने, नाङ्गो आँखाले पनि हेर्ने सकिने

  • नागरिक रैबार
आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने, नाङ्गो आँखाले पनि हेर्ने सकिने

काठमाडाैँ, ३१ असार । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लाग्नेछ ।

मौसम अनुकूल भएमा नेपालमा राति १ बजेर ४६ मिनेटबाट खण्डग्रास चन्द्र ग्रहण देखिने छ । १ बजेर ४६ मिनेटमा सुरु हुने ग्रहण राति ३ बजेर १५ मिनेटमा मध्य र बिहान ४ बजेर ४४ मिनेटमा सकिने छ ।

सूर्य तथा चन्द्रको बीचमा पृथ्वी पर्दा चन्द्रग्रहण लाग्ने गर्छ । अर्थात जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्ने गर्छ।

विज्ञापन

चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिन्छ । खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य हुनेछ । यो ग्रहण नेपाल, भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा देखिनेछ ।

चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेटसम्म देख्न सकिने नेपाल एस्टोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले बताए ।  नेपालका पुरै भूभागबाट ग्रहण हेर्न सकिने उनको भनाई छ।

चन्द्र ग्रहण नाङ्गो आँखाले हेर्न सक्ने बताइएको छ  । चन्द्र ग्रहणमा सूर्य ग्रहणको जस्तो हानिकारक किरण निस्कदैन । जसले आँखालाई कुनै असर गर्नेछैन ।

सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिनमा खण्डग्रास चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।

मध्य मनसुनको मौसममा आज रातिको आकाश खुल्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार