होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले घुससहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अजित कुमार श्रीवास्तव र इञ्जिनियर ग्रिष्मा ठगुन्नालाई दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । भीमदत्त नगरपालिका-१९ को चौधर नदीमा तटबन्ध निर्माणमा १५ प्रतिशत रकम घुस मागेको […]
असार १२- यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ […]
नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएको बताए। सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। मंगलबार पनि बाेर्डकाे बैठक बसेको थियाे। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएकाे थियाे। मुलुकभरबाट याे वर्ष ४ […]
रमित विक/बाजुरा ९ असार । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्र अनुसार असार १० गते भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिए संगै जिल्लाका स्थानीय तहमा तयारी तीब्र भईरहेको छ । अन्तर सरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० गते सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था […]
नागरिक रैबार/ बाजुरा ९ असार ।अज्ञात समुहद्धारा गौमुलमा कस्मेटिक पसल चोरी भएको छ । गत साता मंगलबार राति गौमुल गाँउपालिका वडा नं ६ मा पर्ने दाउरेगाँउमा रहेको ‘जेनिस’ कस्मेटीक पसल चोरी भएको हो । कोही नभएको मौका छोपेर अज्ञात समूहद्धारा पसल चोरी गरेको पसलका संचालक लक्ष्मी विकले बताईन । उहाँका अनुसार पसलबाट ५ हजार नगद […]
काठमाडौं, असार ९ — पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ। सरकारले १ साउनदेखि लागू हुनेगरी बढेको रासनभत्ता दिन लागेको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्व ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ। नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक फरक छ। काठमाडौँ […]
रुपन्देही ९ असार । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो ।पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ […]
बझाङ-काठमाडौंबाट बझाङ तर्फ हिँडेको सुदूरपश्चिम यातायातको बस पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको रम्भापुरमा दुर्घटना हुँदा ४ जना महिला र बाँकी १२ जना बढी पुरुष घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । गोङ्गबु बसपार्क काठमाडौंबाट शनिबार बिहान ११ः३० बजे हिँडेको सुदूरपश्चिम यातायातको ना६ख १३३९ साइपाल डिलक्स बस […]
संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै संघीय […]
नहकुल जोशी/ बाजुरा ७ असार । बाजुराको हिमाली गाउँपालिकाको कवाडी देखि स्वामीकार्तिक खापर गाउँपालिकाको सुइजिउला सम्म ¥याफ्टीङ सचालनका लागि सम्भाव्यताको अध्ययनसँगै अनुगमन गरिएको छ । नेपाल पर्यटन विभाग ¥याफ्टीङ शाखाका जल विज्ञ रचना प्रधान, पर्यटन प्रहरी विभागकी रविना थापा नेपाल एसोसिएसन अफ ¥याफ्टीङ एजेन्सी नाराका प्रतिनिधि ज्ञानेन्द्र गौतम सहितको टोलीेले साे ठाउँमा शनिबार ¥याफ्टीङ सचालनका […]
रमित बिक/ बाजुरा ७ असार । जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने भएको छ । जिल्लामा रहेका बालबालिकाको क्षमता र प्रतिभाको पहिचान गरी नौ वटै स्थानीय तहका प्रत्येक बिद्यालय बिद्यालयमा पुगी १९ बर्ष मुनीका बालबालिकाहरुलाई उतm आईडलमा छनोट गरिने भएको छ । लियो क्लव महाकाली कलासिक कञ्चनपूरको आयोजनामा स्पकिङ्ग आईडल २०१९ सञ्चालन हुने […]
काठमाडौं ७ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने […]
काठमाडौं ६ असार । कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको छ। जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो। उनलाई नेल […]
मदन विक/बाजुरा ६ असार। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ का १४ वर्षिया भिजन परियार एक सामान्य परिवारमा जन्मेका विद्यार्थी हुन् । उनलाई राम्रो विद्यालयमा पढाउने भन्दै घरपरिवारले जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिए । उनले बोर्डिङ्गमा नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गरे । उनी कक्षामा पनि राम्रै स्थान ल्याएर उत्तिण […]
नागरिक रैबार/ बाजुरा ६ असार । जिल्ला सदरमुकाम मार्तडीमा मदिरा सेवन गरेर गाडी चलाइरहेको अबस्थामा एक जना ड्राइभर पक्राउ परेका छन् । बिहिबार साझँ मार्तडीबाट सवार रहेको जीपको ड्राइभरले मदिरा सेवन गरी अगाडी गुडीरहेकाे से १ ज १ हजार ६४ नम्मरकाे गाडीलाइ ठक्कर दिएकाे बताएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ । बिहबार साझँ मदिरा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले केहीअघि अलर्ट जारी गर्दै करिब ७ दिनपछि मात्रै उच्च वर्षा हुने जनाएको छ । अलर्टमा भनिएको छ, ‘‘नेपालमा कमजोर मनसुन प्रवेश गरेको छ । शुरुवाती चरणमा आगामी करिब ५–७ दिन जति हल्का वा मध्यम तर क्षणिक वर्षा हुने र त्यसपछि पूर्ण विकसित भई उच्च वर्षा […]
नागरिक रैबार/ बाजुरा ४ असार। बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै […]
काठमाडौं ४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। मन्त्रीले योजना माग्दा हप्काएको भन्दै सांसद थापाले संसदमा आक्रोश पोखे। उनले […]
चितवन । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन्। तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन्। झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए। ‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर […]
काठमाडौं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ। ‘प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ। तीन जनालाई स्पष्टीकरण […]