होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने
समाचार

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

  • नागरिक रैबार
बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

काठमाडौं– नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता गराएको कांग्रेसको संसदीय दलले सोमबार आफ्ना सांसदको ५ दिनको तलब बाढीपहिरो पीडितलाई दिने निर्णय गरेको हो।

संसदीय दलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको पाँच दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

कांग्रेसले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्ताव अघि बढाउन समेत सभामुखसँग माग गरेको छ। ‘संसदमा छलफल गरी संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गरी विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउन, विपदबाट उद्धार, राहत र पुनर्स्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो। नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञापन

कांग्रेस संसदीय दलले राष्ट्रिय विपदको दुःखद घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न आह्वान समेत गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार