होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढी पीडितको माग : मासु भात चाहियो
समाचार

बाढी पीडितको माग : मासु भात चाहियो

  • नागरिक रैबार
बाढी पीडितको माग : मासु भात चाहियो

इनरुवा । बाढी र डुबानका कारण विस्थापित बनेकाहरुलाई सहयोगी संघसंस्थाहरुले राहत उपलब्ध गराई रहेका छन् । स्थानीय तहले समेत आफु पायकको सहयोग जारी राखेको छ । चिउरा, मुरी, चाउचाउ र भुजिया बढीमात्रामा पीडित समक्ष पुग्ने राहत सामग्रीमा पर्दछन् ।

सुनसरी प्रहरीका अनुसार जिल्लाको विभिन्न भेगमा बाढीबाट विस्थापित भई स्थानीय विद्यालयहरुमा शरण लिइरहेका परिवार संख्या ५ सय बढी छ । स्थानीय वडा सहित नगरपालिका, गाउँपालिका सहित संघसंस्थाले उनिहरुकालागि खानपिन लगायतको बन्दोवस्ती मिलाउँदै आएका छन् ।

बाढीका कारण डुबानमा परेका करिव ७५ मुसहरी परिवारलाई इनरुवा ३ को जनता आधारभुत विद्यालयमा राखिएको छ । पीडितहरुले राहतमा आफुहरुलाई मासु भात चाहिएको बताएपछि यतिवेला स्थानीयस्तरमा सो विषय चर्चामा छ ।

विज्ञापन

संघसंस्था सहितको सहयोगमा वडा कार्यालयले पीडितकालागि चिउरा, मुरी सहित दालभात खुवाउँदै आएको भएपनि पीडितका तर्फबाट मासु भातको माग गरिएको छ । मासु भात बेगरको खाना नखाने अडान राखी केहीबेर होहल्ला गरेका बाढी पीडितहरुलाई वडाध्यक्ष कालुराम गुरुङ लगायतका स्थानीय अगुवाहरुले सम्झाईबुझाई गरेका थिए ।

जसोतसो गरी ७५ परिवारका २ सय ५० बाढी पीडितलाई राहत सहित खानपिन जुटाउँदै आएको बताउने वडा कार्यालयले पीडितहरुबाट एक्कासी मासु भातको अडान आउनुलाई केहि व्यक्तिले उचालेको आशंका गरेको छ ।

वडाध्यक्ष कालुराम गुरुङले पीडितहरुलाई भड्काउने र उचाल्ने काम कोही कसैले गरेको भए त्यस्तो नगर्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । सक्नेले आफुखुशी रुपमा खानपिन लगायतको आवश्यक जोहो गरिदिन सुझाएका गुरुङले बाढी पीडितका हकमा आफु र वडाको तर्फबाट सकेको सहयोग जारी रहने बताए । न्युज २४ बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार