होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संगिता तिमिल्सेना /बाजुरा २७ असार। वडीमालिका नगरपालिकाका ५ वटा वडा एकैसाथ साक्षर वडा घोषणा गरिएका छन् । नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाका वडा नं २, ३, ४, ८ र ९ लाई पुर्ण साक्षर वडा घोषणा गरिएका हुन् । वडा नं ८ मा […]
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट १७ जनाको मृत्यु भएको छ । सोही कारण ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् भने विभिन्न धनमाल क्षति भएको छ । वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी […]
काठमाडाैं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानहरुमा बाढी, पहिरो र डुबान भएका छन् । हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । काठमाडौंको मुलपानीमा बाढीले बगाएर ३ को मृत्यु नीतु यादव, शर्मिला यादव […]
काठमाडौ – लगातारको वर्षासँगै राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ। कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन्। डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। घरभित्रै पानी पसेपछि मानिसहरु सुरक्षित स्थानतर्फ सरेका छन्। कोही भने घरकै माथिल्लो तलातिर रहेका छन्। यस्तै पानी परिरहे काठमाडौंका […]
काठमाडौं । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय […]
नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ । विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् । बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी […]
असार २७, २०७६ महेन्द्रनगर – कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् । स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का […]
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् । बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ? मिति २०७६/०३/२७ गते […]
२७ असार, काभ्रे काभ्रेको बनेपा नगरपालिका–३ मा पहिराले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ । बुहारी सुशीला र अर्की […]
२७ असार, मकवानपुर । बिहीबारदेखि निरन्तर भएको वर्षाका कारण बाघझोरामा सडक अवरुद्ध भएको छ । खोलाले बाटो छेकेपछि सो सडक भएर हेटौँडातर्फ तथा हेटौँडाबाट भिमफेदी, काठमाडौंतर्फ जाने सवारीहरु बाटैमा रोकिएका छन् । अहिले प्रहरीसहितको टोली बाटो खुलाउने प्रयासमा जुटेका छन् भने खोलामा बढेको पानीको बआवका कारण बाटो खुलाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी […]
मकवानपुरमा कार पुरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको फाखेल सडकखण्डको कलंकीमा पहिरोले कारलाई पुरेको हो ।गाउँपालिकाको वडा नम्बर १ मा हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए । कार पुरिएको भएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ […]
काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागी उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमाबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। यति एयरको उडान नम्बर एनवाइटी ४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए। विमानस्थल श्रोतका अनुसार जहाजका दुई यात्रु घाइते […]
काठमाडौँ, २७ असार रौतहटमा पूर्व-पश्चिम राजमार्ग डुबानमा परेको छ । रौतहटको चन्द्रपुर लच्कामा बाढीले बाँध कटान गर्दा पूर्व-पश्चिम राजमार्ग डुबानमा परेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले बाँध कटान गर्दा बञ्जरहा, औरेया, बेलविच्छवा, वडहरवाका वस्तीहरु डुबानमा परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । अहिले सडक डुबानका कारण […]
काठमाडौं, असार २७ । चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए । ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो’, पत्र […]
अछाम, असार २७ । अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको कमलबार नगरपालिका–५ का भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई वडाको कीर्तिपुरमा ठक्कर दिँदा मृत्यु भएको हो । अछामबाट नेपालगञ्जका लागि गएको ना ६ ख ४४५२ नम्बरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चालक बर्दियाको मदुबन नगरपालिका–४ का ४२ वर्षीय […]
काठमाडौं। (अभिनेत्री शिल्पा पोखरेल र उनका फिल्म निर्माता श्रीमान छवि ओझाबीच सतहमा आएको विवादको जरो घरेलु हिंसा भनिएको छ। शिल्पाले आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि हामीले दुबै पक्षका भनाइ समेटेका थियौं। बिहीबार मात्रै प्रहरीसमक्ष निर्माता ओझाले माफी मागेको समाचार आएको छ। यसैबीच, घटना र यसको सरोफेरोमा रहेर शिल्पा पोखरेलले नेपाल लाइभ सहकर्मी अनिल यादवसँग […]
काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । उनी श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए । विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट […]
दयाराम पण्डित, बाजुरा । त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बुढगंगा नदी थुनिदै आएको छ । बुधबार साँझवाट निरन्तर वर्षे झरी संगै पहाड खस्ने क्रम जारी छ । बुढिगंगा नदी थुनिदा नदी किनार आसपासका जनता त्रसित छन् । पहिरो खस्ने र नदी थुनीने क्रमम बढ्न थालेपछि सांफे–मार्तडी […]
नागरिक रैबार/बाजुरा २६ असार । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ । विहिबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् । सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा […]
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित भएको छ। असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा प्रस्तुत गरेको बजेट आज संसद बैठकले सर्वसम्मत पारित गरेको हो। बजेट प्रस्तुत गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले लगातार विरोध गर्दै आएका थिए। प्रतिपक्षी दलका प्रदेश सभा […]