होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुग्यो, ४३ घाइते, ३० अझै बेपत्ता
देश/प्रदेश

बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुग्यो, ४३ घाइते, ३० अझै बेपत्ता

  • नागरिक रैबार
बाढी-पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुग्यो, ४३ घाइते, ३० अझै बेपत्ता

काठमाडौं, ३१ असार । अविरल बर्षासंगै आएको बाढीपहिरोका कारण मुलुकका अधिकांश स्थानमा जनजीवन कष्टकर बनेको छ । पानी पर्ने क्रम नरोकिएको तथा थप केही दिन मनसुन सक्रिय हुने भएपछि सतर्क रहन गृह मन्त्रालय तथा मौसम विभागले सबैमा आग्रह गरेको छ ।

लगातारको वर्षाले राहत वितरण तथा उद्धार कार्य समेत प्रभावित बनेको छ । सरकारले मातहतका सवै संयन्त्रलाई बाढी पहिरो पीडितको उद्धार तथा राहत वितरणमा सक्रिय हुन निर्देशन दिईसकेको छ ।

यसैबीच, बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । ४३ जना घाइते भएका छन । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरो प्रभावित विभिन्न क्षेत्रबाट अहिलेसम्म एक हजार ४ सय ४५ जनाको उद्धार गरिएको छ ।

विज्ञापन

तराईका जिल्लाहरुमा पानीको सतह घटे पनि जनजीवन सामान्य बन्न सकेको छैन । पानीले दैनिक उपभोग्य वस्तु नष्ट पारेपछि खानेलाउने देखि बस्ने सम्मको समस्या भएको पीडितहरुको गुनासो छ ।

पानीको सहत घट्न थालेपछि तराईका अधिकांश क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । बाढी प्रभावितको राहत तथा उद्धारमा २६ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ७ दिन अगाडि