होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले देशभर निर्माण गर्‍याे २४३ वटा पुल
समाचार

सरकारले देशभर निर्माण गर्‍याे २४३ वटा पुल

  • नागरिक रैबार
सरकारले देशभर निर्माण गर्‍याे २४३ वटा पुल

काठमाडौं, साउन १ । सरकारले यस वर्ष देशभरमा जम्मा २४३ वटा पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ ।

यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो । विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताए । एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उनले बताए ।

उनले भने, “अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ ।” चालु आर्थिक वर्षको सुरुवातमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ ।

विज्ञापन

तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उनको भनाई छ । उनले भने, “आगामी वर्षको बजेटबाट यी पुल निर्माणको काम अघि बढ्नेछ ।”

पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ । आव २०७४/७५ मा ८४ र आव २०७३/७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो ।

सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्षभित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा दुई अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार