होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् । त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् । बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा […]
अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर […]
नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर भरोसा जगाउन सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा […]
नागरिक रैबार/बाजुरा १६ असोज । नेपाली काँग्रेस बाजुराकाे साताैँ अधिवेशन आज देखी सुरू भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै शनिबार देखी बाजुरा जिल्ला कार्य समितिकाे अधिबेशन हुन लागेको हो। वडा नगर गाउँ कार्य समिति र प्रदेशकाे कार्य समितिकाे अधिबेशन सकिए संगै बाजुरा काँग्रेसले जिल्ला […]
विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुख्र्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ । यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने शेर्पाहरुलाई । तराईबाट शिरकको खोल बनाउनउकालो लाग्ने […]
धनगढी: प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले पाठ्यक्रम बनाउने प्रक्रिया सुरु गरेको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण समितिले प्रक्रिया अगाडि बढाएको हो। ‘मेरो अध्यक्षतामा बसेको बैठकले विज्ञहरुलाई पाठ्यक्रमको मस्यौदा तयार पार्न जिम्मा दिएको छ,’ प्रदेश लोकसेवा आयोगका अध्यक्ष बोहराले भने, ‘२/३ दिनभित्र मस्यौदा बुझाएपछि छलफल गरेर टुंगो लगाउँछौँ।’ बोहराले दसैँपछि विज्ञापन खोल्ने गरि […]
नागरिक रैबार/बाजुरा १६ असोज। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराको प्रथम बिस्तारित बैठक पत्रकार सम्मेलन मार्फत निणर्य सार्बजनिक गरिएको छ । बैठकमा भएका निणर्यहरु पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरेको नेकपा माओबादी केन्द्रका कार्यालय सचिव गोरख शार्कीले बताएका छन । माओवादी केन्द्र बाजुराका सचिव रमेश बिक को अध्यक्षतामा संचालन भएको बैठकमा जिल्ला इन्चार्ज कणर्बहादुर बिक […]
काठमाडौं । कोरोनाभाइरस (कोभिड¬–१९) संक्रमणको जोखिम कायम छ । संक्रमण दर कम भए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक रुपमा अपिल गर्दै आएको छ । सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकाले चाडपर्व, सभा सम्मेलनका नाममा भिडभाड नगर्न आह्वान गर्दै आएको छ । तर, सरकारमा रहने दल […]
डोटीः मुक्त हलियाको पुनःस्थापनका लागि पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा बर्सेनि ती घर भत्किन थालेका छन्। कतिपय घर बर्सातको समयमा पर्ने झरीका कारण जगदेखि नै भत्किइ सकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्। पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर हुनाका साथै […]
म्याग्दी- जिल्लाको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका बारेमा अभिभावकलाई सुझाउने गरेका छन् । बालविवाह रोकथाममा लाग्न यहाँका अरु किशोरीलाई समेत अनुरोध गर्ने गरेको धौलागिरि–३ की किशोरी मुना विश्वकर्माले बताइन् […]
वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका हुन् । नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी नेपाल) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा […]
केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले प्रक्रिया सुरु भएका जिल्लामा शनिबार मतदान हुने बताए । हुम्लामा पनि निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले बताएका छन् । उनका अनुसार शुक्रबार जिल्ला अधिवेशन उद्घाटन भई शनिबार बिहान ८ बजेका लागि निर्वाचन कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुने गोरखाबाहेक जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको […]
म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा नेपाली महिलाहरूले कीर्तिमानी आरोहण गरेका छन् । पत्रकारसमेत रहेकी पूर्णिमा श्रेष्ठ र पासाङल्यामु शेर्पाले शुक्रबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् । श्रेष्ठ र शेर्पाको धौलागिरि आरोहणले आरोहीहरूमा नयाँ सन्देश र नेपालका लागि कीर्तिमान कायम भएको आरोहण व्यवस्थापक कम्पनी सेभेन समिट […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ११३ पीसीआर परीक्षणमा शुक्रबार थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार २५५ परीक्षणबाट १६८ […]
धनगढीः नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल सम्मिलित अध्यक्ष मण्डल गठन गरिएको छ। तर, एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। अध्यक्षमण्डलमा रावलबाहेकका […]
काठमाडौं । पशुपति क्षेत्रमा बस्ने एक साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले […]
काठमाडौंः नेकपा एमालेले पोलिट्ब्युरो खारेज गर्ने भएको छ। विधान महाधिवेशनमा सो प्रस्ताव पेस भएको छ।अध्यक्षको नेतृत्वमा सचिवालय गठन गर्ने प्रस्ताव पेस गरिएको छ। एमालेको विधान महाधिवेशन गोदावरीमा जारी छ।
डोटी: सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ। उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो। तालिममा जिल्लाका बोगटान फुड्सिल र जोरायल […]
नागरिक रैबार/बाजुरा १५ असोज। नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) को सभापतीमा देउवा पक्षका रंग बहादुर खाती बिजयी भएका छन । उनले ४ सय ३७ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिदन्दी पाैडेल पक्षका देब बहादुर रोकायाले २ सय ७५ मत ल्याएर पराजित भएका छन । शुक्रबार भएको मतदानमा ७ सय […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी भएको विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । कतिपय नेता कार्यकर्ताले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई चासो दिएर सुुनिरहेका छन् । तर कतिपय प्रतिनिधिलाई ओलीको प्रतिवेदनमा […]