होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बहादुर रोकाया /बाजुरा ११ असार। जिल्लाको हिमालि गाउँपालिकाको गाउसभा तिन देखी जारी रहेको छ । आज गाउँपालिकाको नीति तथा कार्यक्रम गाउसभामा प्रस्तुत गरिएको छ भने भोली गाउसभामा बजेट प्रस्तुत हुने भएको छ । गाउँ सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले आर्थिक बर्ष २०७७÷०७८ का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । […]
नहकुल जोशी बाजुरा,१० असार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “छ ज को आधार, समृद्धिको उपहार” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै गाउपालिकामा जल, जंगल, जमिन, जडिबुटी, जनावर र जनशक्तिको उपयोग गर्ने नीति अघि सारेको छ । गाउँपालिकाको सातौं गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चिरन्जीवि शाहीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको हो । गाउँसभामा गाउपालिकाका अध्यक्ष […]
जीवन कैला बाजुरा,१० असार बाजुराको हिमाली गाउँपालिकाको छैटौं गाउँ सभा आज देखि सुरु भएको छ । “जडीवुटी जलस्रोत कृर्षि पर्यटन हिमालीको सान, स्वास्थ्य, शिक्षा र रोजगारी सृजना गर्ने हाम्रो अभियान”, भन्ने मुल नाराका साथ हिमालीको छैटौं गाउँ सभा आज देखि सुरु भएको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सुरु भएको गाउँ सभाको गाउँपालिकाका अध्यक्ष गोविन्द […]
अनिल शाही/बाजुरा,१० असार। बाजुराको जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातांै गाउँ सभा बाट आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो । गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । निती तथा कार्यक्रम सार्वजनिक गर्दै […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सीता थापाले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे । संघिय सरकारबाट समानीकरण ७ करोड ३९ लाख, शसर्त अनुदान १३ करोड ८८ लाख, राजस्व बाँडफाँड ५ […]
गगन अयडी/ धनगढी, १० असार। धनगढी उपमहानगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ ८५ करोड र पुँजिगत तर्फ ७८ करोड ८२ लाख गरी एक अर्ब बढीको बजेट सार्वजनिक गरेको हो । उपमहानगरको पाँचौ नगरसभामा उप–प्रमुख शुसीला मिश्र भट्टले आगामी बर्षको […]
गगन अयडी /धनगढी १० असार । बाजुराको त्रिवेणी नगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि ३८ करोड ६९ लाख ५१ हजार ९ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौँ नगरसभामा उपमेयर राधिकादेवी सुनारले प्रस्तुत गरेको नीति, कार्यक्रममा तथा बजेटमा उल्लेख गरिएको छ । संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान १० करोड ८० […]
प्रदिप मलासी बझाङ असार १० जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा बुधबार उद्घाटन भएको छ । नगरप्रमुख विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बजेट वक्तव्य भने जयपृथ्वी नगरपालीकाकि उप प्रमुख जुना जाग्रिले प्रस्तुत गर्नु भएको थियो । जयपृथ्वी नगरपालीकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ५२ करोड ९३ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको […]
नागरिक रैबार/बाजुरा १० असार। जिल्लाको त्रिवेणी नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको जाँचमा त्रिवेणीका ५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् । बुधबार त्रिबेणि नगरपालिकामा भेटिएका ५ जना सवै पुरुष रहेका छन् । त्रिवेणीमा भेटिएका पाँच जनासँगै […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १० असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको फालाशैन बजारमा जीप दुर्घटना भएको छ । से १ ज १०१९ नम्मर जिप दु्र्घटना भएको हो । दुर्घंटनामा परी ९ जना घाइते भएका छन । कोल्टीबाट मर्मतका लागि फालासैन गएको र मर्मत गरिसकेपछि स्थानिय मात्रै गाडीमा चडेको समयमा रोडमा चिप्लिएर जीप पल्टिएको जिल्ला प्रहरी कार्यालय […]
१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे । ‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । […]
१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पास भएको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधि सभामा बुझाइको छ । २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको सो विधेयक झण्डै २ वर्षदेखि समितिमा विचाराधिन अवस्थामा थियो । संसदीय समितिबाट पास भएको सो विधेयकमा गैरआवासीय नेपालीलाई पनि नागरिता दिने प्रावधान समेटिएको […]
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको […]
कर्णाली स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोना भाइस पोजेटिभ देखिएसँगै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । संक्रमण समूदायमा फैलिन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणका लागि भन्दै प्रशसनले जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी एक […]
नेपाल सरकारको ऋण झण्डै एक आर्थिक वर्षको वार्षिक बजेट बराबर पुगेको छ । संघीय सरकारको वेशाखसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण १२ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । आन्तरिक तर्फ ५ खर्ब ६१ अर्ब ५२ करोड र वैदेशिक ऋण ७ खर्ब ३ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । सरकारको ऋण बढ्नु […]
धनगढी : सुदूरपश्चिममा थप दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो। यसअघि कञ्चनपुरको पुनर्वासका दुई र लालझाडीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको थियो। यस्तै डडेल्धुरा अस्पताल र सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना देखिएको थियो। बाजुरमा पनि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको […]
काठमाडौं – खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका सहसचिवलगायतका व्यक्ति […]
काठमाडौँ: होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ। महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गरेका हुन। कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल […]
धनगढी : कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुष सहित ३२ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा […]