होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणी नगरपालिको बजेट ३८ करोड बढी: कृषि र स्वास्थ्यलाई प्राथमिकता
देश/प्रदेश

त्रिवेणी नगरपालिको बजेट ३८ करोड बढी: कृषि र स्वास्थ्यलाई प्राथमिकता

  • नागरिक रैबार
त्रिवेणी नगरपालिको बजेट ३८ करोड बढी: कृषि र स्वास्थ्यलाई प्राथमिकता

गगन अयडी /धनगढी १० असार । बाजुराको त्रिवेणी नगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि ३८ करोड ६९ लाख ५१ हजार ९ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको सातौँ नगरसभामा उपमेयर राधिकादेवी सुनारले प्रस्तुत गरेको नीति, कार्यक्रममा तथा बजेटमा उल्लेख गरिएको छ । संघीय सरकारबाट वित्तिय समानीकरण अनुदान १० करोड ८० लाख, राजश्व बाडफाँड बाट ७ करोड ५० लाख ८५ हजार ५ सय ७० सशर्त अनुदान बाट १७ करोड २२ लाख प्रदेश सरकारबाट वित्तीय समानिकरण ६८ लाख ८४ हजार र विशेष अनुदान ६८ लाख समपुरक अनुदान ४७ लाख ०७ हजार, राजस्व बाडफाँड ८ लाख ३३ हजार, स्थाननीय सरकारबाट राजश्व असुली ५० लाख युनिसेफ बाट २८ लाख २४ हजार २ सय, बालकेन्द्रीत जोखिम न्यूनीकरण बाफत ३८ लाख ६८ हजार २ सय , कोभिड – १९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम ७ लाख ५० हजार गरी बजेट तयार पारेको हो ।

विज्ञापन

उप–प्रमुख राधिका देवि सुनारले आगामी बर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, पर्यटन, आयआर्जका कार्यक्रम, शिक्षा क्षेत्रमा गुणात्मक सुधार,सञ्चार विकासलाई प्राथमिकताका राखेको बताइन् ।

आगामी बर्षको बजेटमा पर्यटन प्रबद्र्धनको क्षेत्रमा कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा यो बर्ष विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा कोरोना सक्रमण ९कोभिड–१९० रोग व्यवस्थापन र कृषिलाई आधुनिकीकरणमा बजेट छुट्याएको छ । नरगपालिकामा भएका पर्यटकी स्थलहरुको विकासका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार