होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा उद्घाटन
देश/प्रदेश

जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा उद्घाटन

  • नागरिक रैबार
जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा उद्घाटन

प्रदिप मलासी बझाङ असार १० जयपृथ्वी नगरपालीकाको छैटौ नगरसभा बुधबार उद्घाटन भएको छ । नगरप्रमुख विरेन्द्र बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बजेट वक्तव्य भने जयपृथ्वी नगरपालीकाकि उप प्रमुख जुना जाग्रिले प्रस्तुत गर्नु भएको थियो ।

जयपृथ्वी नगरपालीकाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ५२ करोड ९३ लाख बराबरको अनुमानित बजेट बुधबारको नगर सभामा सार्बजनिक गरेको हो । प्रस्तुत बजेट अनुसार पुँजिगत खर्च तर्फ १२ करोड ७२ लाख बजेट प्रस्तुत भएको छ । ३५ लाख ९२ हजार प्रदेश सरकार समपुरक रकम विनियोजन गरेको छ ।

त्यस्तै कोभिड १९ को कोषलाइ १ करोड विनियोजन गरेको छ । १ करोड ५० लाख नगरपालीकाले समपुरक कोष भनेर छुट्याइएको छ । त्यस्तै नगरपालीकाको कृर्षि क्षेत्रमा ६० लाख , महिला विकासमा १५ लाख स्वास्थ्य क्षेत्रमा १५ लाख , शिक्षा क्षेत्रमा ५० लाख , पशु विकासमा १५ लाख सुचना प्रविधि र न्यायिक निरोपणका लागि १२ लाख गरि जम्मा २ करोड २ लाख बजेट संघिय वितिय समानिकरणबाट विनियोजन गरिएको छ ।

विज्ञापन

संघ र प्रदेश बाट प्राप्त समपुरक २ करोड ९२ लाख १४ हजार विशेष अनुदान र २ करोड ३० लाख र प्रदेश राजश्व बाढफाड १८ लाख ११ हजार प्रदेश वितिय समानिकरण ६९ लाख ६२ हजार र आन्तरिक बचत बाटको रकम समेत प्रस्ताव गरिएको छ । आगामि आर्थिक बर्षका लागि सबै वडाहरुका लागि जम्मा रकम रु ३ करोड ४१ लख ९० हजार विनियोजन गरिएको छ ।

र प्रत्यक वडा समितिले प्रस्ताव गरि पठाइएका आयोजना तथा कार्यक्रमहरुलाइ प्राथमिकताका आधारमा प्रस्ताव गरिएको छ । जनस्तर बाट छनोट भै आएका तर आगामि आर्थिक बर्षका लागि बजेट विनियोजन हुन नसकेका योजना तथा कार्यक्रमहरुलाइ प्राथमिकताका आधारमा प्रदेश सरकार तथा संघिय सरकारमा सिफारिस साथ पठाउँने व्यवस्था मिलाएको समेत जनाएको छ ।

बजेटमा कोभिड–१९बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पुर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सुचना प्रबिधि तथा संचारमा विकासलाई प्रार्थमिकतामा राखिएको छ । यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ ।

कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर निति कार्यक्रम तथा बजेट आएको उप महानगरपालिकाका मेयर विरेन्द्रबहादुर खड्काले बताए . बढ्दो बेरोजगारी लाई न्य’निकरण गर्ने कृषि क्षेत्र लाई मुख्य प्राथमिकता दिई बजेट प्रस्तुत भएको मेयर खड्काले बताएका छन् । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा भने बिपक्षी नगरसभा सदस्यहरुले भने टिप्पणी गरेका छैन्न । नगरपालिकाले यतिबेला केही नयाँ र देखाउन लायक कार्यक्रम ल्याएको छ ।

जनताका लागि नगर प्रमुख स्वास्थ्य विमा कार्यक्रम लगाएतका नयाँ कार्यक्रमहरु ल्याएको छ । उक्त उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारि कमलराज भन्डारि, संविधान सभा सदस्य अफिलाल ओखेडा , नगर सभा सदस्य , नगरपालीका कर्मचारि, पत्रकारहरुको सहभागिता रहेको थियो , उक्त कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारि कमलराज भन्डारिले भने , जिल्लाको मुटुमै रहेको स्थानियतह भएको हिसाबले यस नगरपालीकाले सबै कुराहरुमा अगाडि नै हुनु पर्ने बताउनु भएको छ ।

साथै उक्त कार्यक्रममा बोल्दै संविधान सभा सदस्य अफिलाल ओखेडाले यस क्षेत्रमा उत्पादन हुने बस्तुहरुको आयात निर्यातमा ध्यान दिएमा नगरपालीका आर्थिक स्थितिमा सवल हुने समेत सुझाव दिएका छन । आज बझाङ जिल्लाका १२ वटा स्थानियतह मध्य ११ वटा स्थानियतहको गाउँ सभा आज सम्पन्न भएको छ । भने साइपाल गाउँपालीकाले भने यार्सा टिप्न सबै लेक तिर जाने कुरालाइ मध्यनजर गर्दै असार ७ गते गाउँसभा सम्पन्न गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार