होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी
Breaking News

जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी

  • नागरिक रैबार
जुम्ला सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा जारी

कर्णाली स्वास्थ्य स्वास्थ विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोना भाइस पोजेटिभ देखिएसँगै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकममा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
संक्रमण समूदायमा फैलिन नदिन, आशंकित व्यक्तिको खोजी कार्य तथा परीक्षणका लागि भन्दै प्रशसनले जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी एक सूचनामा आज असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

विज्ञापन

स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदी सहितका चार किल्ला कायम गरेर निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

आजै कोभिड कमाण्ड नियन्त्रण समितिको वैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको वैठकको निर्णय अनुसार यो निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ईमरजन्सी बाहेक सवै सेवा बन्द गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु सवैको स्वाब लिइएको जनाईएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका ४ जना र १ जना अन्य गरी ५ जनामा कोरोना पोजेटिभ देखिएपछि सर्तकता अपनाईएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार