होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • धनगढी उपमहानगरको बजेट एक अर्ब ६३ करोड
समाज

धनगढी उपमहानगरको बजेट एक अर्ब ६३ करोड

  • नागरिक रैबार
धनगढी उपमहानगरको बजेट एक अर्ब ६३ करोड

गगन अयडी/ धनगढी, १० असार। धनगढी उपमहानगरपालिकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ का लागि एक अर्ब ६३ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

चालु तर्फ ८५ करोड र पुँजिगत तर्फ ७८ करोड ८२ लाख गरी एक अर्ब बढीको बजेट सार्वजनिक गरेको हो । उपमहानगरको पाँचौ नगरसभामा उप–प्रमुख शुसीला मिश्र भट्टले आगामी बर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको बजेटमा कोभिड–१९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, पर्यटन, आयआर्जका कार्यक्रम, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चार विकासलाई प्राथमिकताका साथ राखेको छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर आगामी बर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा विशेष जोड दिएको छ । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम भन्दा पनि विगत बर्षकै कार्यक्रमलाई निरन्तरता दिएको देखिएको छ । नीति तथा कार्यक्रममा कोरोना सक्रमण (कोभिड–१९) रोग व्यवस्थापन गर्नमा बजेट छुट्याउने उल्लेख गरेको छ ।

विज्ञापन

उपमहानगरमा कृषि तर्फ जैविक प्रोत्साहन गरिने उपमहयरले प्रस्तुत गरेको कार्यक्रममा उल्लेख गरेको छ । उपमहानरगको पर्यटन विकासका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ ।

उपमहागर भित्र भ्यू टावर निर्माण देखि होमस्टेको नीति लिइने उपमेयर भट्टले कार्यक्रममा प्रस्तुत गरेकी छन् । यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ । पाँचौ नगरसभा उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडको सभापतित्वमा संचालन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार