होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गौमुल गाउँपालिकाको बजेट ३२ करोड २८ लाख
देश/प्रदेश

गौमुल गाउँपालिकाको बजेट ३२ करोड २८ लाख

  • नागरिक रैबार
गौमुल गाउँपालिकाको बजेट ३२ करोड २८ लाख

नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सातौ गाउँ सभामा उपाध्यक्ष सीता थापाले उक्त बजेट प्रस्तुत गर्नु भएको हाे ।

संघिय सरकारबाट समानीकरण ७ करोड ३९ लाख, शसर्त अनुदान १३ करोड ८८ लाख, राजस्व बाँडफाँड ५ करोड ७८ लाख ५१ हजार ६ सय १०, समपुरक र बिशेष अनुदान २ करोड ५० लाख बजेट प्राप्त भएको छ ।

यस्तै प्रदेश सरकारबाट राजस्व बाँडफाँड ४ लाख ९४ हजार, बिशेष अनुदान ६८ लाख, समपुरक अनुदान ३७ लाख ६३ हजार ५ सय २३, समानिकरण ६९ लाख ९८ हजार, आन्तरिक अल्या ९२ लाख ६८ हजार ८ सय ७० सहीत ३२ करोड २८ लाख ७६ हजार ३ रुपैयाको बजेट रहेको छ ।

विज्ञापन

गाउँपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ७ करोड ५१ लाख ५६ हजार, आर्थिक विकास तर्फ ९५ लाख ३३ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ४५ लाख ६५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ २६ लाख ८९ हजार, सामाजिक विकास तर्फ १ करोड ३३ लाख ७० हजार विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको गाउँ सभा पालिकाको केन्द्र घटमुनामा सञ्चालन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार