होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • छ “ज” लाई प्राथमिकतामा राखि स्वामीकार्तिकले ल्यायो निती तथा कार्यक्रम
देश/प्रदेश

छ “ज” लाई प्राथमिकतामा राखि स्वामीकार्तिकले ल्यायो निती तथा कार्यक्रम

  • नागरिक रैबार
छ “ज” लाई प्राथमिकतामा राखि स्वामीकार्तिकले ल्यायो निती तथा कार्यक्रम

नहकुल जोशी
बाजुरा,१० असार
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “छ ज को आधार, समृद्धिको उपहार” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै गाउपालिकामा जल, जंगल, जमिन, जडिबुटी, जनावर र जनशक्तिको उपयोग गर्ने नीति अघि सारेको छ ।

गाउँपालिकाको सातौं गाउँसभामा निती तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चिरन्जीवि शाहीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुभएको हो ।

गाउँसभामा गाउपालिकाका अध्यक्ष शाहीले कृषि क्षेत्रको आधुनिकीकरण गर्ने र यसका लागि सहकारी, कृषि फर्म र समूलाई प्राथमिकतामा राखेर काम गर्ने गरी निती तयार पारीएको बताइएको छ ।

विज्ञापन

गाउँपालिकाले स्थानिय स्तरमा उत्पादन हुने रैथाने बालीको संरक्षण गर्न र त्यसको प्रवद्र्धन गर्न १० पाथी एक रैथाने बाली, शुरु गछौं यसपालि भन्ने नारा अघि सारेको हो ।

निती तथा कार्यक्रमले शिक्षा क्षेत्रलाई समेत प्राथमिकता दिई जीवनोपयोगि र गुणस्तरीयता विशेष जोड दिइने निती लिएको छ । शिक्षा क्षेत्रमा आधुनिक प्रविधि कम्प्युटर, प्रोजेक्टर, स्मार्टबोर्ड जस्ता आधुनिक प्रविधिको प्रयोग गर्ने निती अघि सारेको हो ।

गाउँपालिकाले कोरोनाभाइर महामारीका रुपमा फैलिएर गाउपालिकाको आर्थिक क्षेत्रमा समेत प्रभाव पारेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानिय तहले सक्नेसम्मको पहलमा कुनै कसुर बाकी नराख्ने उल्लेख गरेको छ ।

त्यस्तै पर्यटन क्षेत्रलाई गाउँपालिको प्रमु्ख आय स्रोतको रुपमा अंगिकार गर्दै गाउपालिकाले पर्यटन प्रर्वद्धनमा उदार निती अंगीकार गरेको छ । हाल गाउपािलकाका ४ वटा वडामा सडक सञ्जाल पुगेको बताउदै गाउपालिकाले आगामी आर्थिक बर्षमा ५वटै वडामा सडक पु¥याउने निती अघि सारेको छ ।

कोरोनाका कारण गाउँपालिकाको विकास निमार्णलाई गम्भीर असर परेको जनाउदै गाउपालिकाले आगामी बर्षमा कोरोनासंघ जुध्दै विकास निमार्ण र अन्य पूर्वाधारमा उल्लेख्य सुधार गर्ने निती लिएको छ ।

आज एक कार्यक्रमका विच गाउँ सभामा भौतिक तथा पूर्वाधार समितिका सदशय विरजित कट्टेलले आगामी आर्थिक बर्षका लागि गाउपालिकाको गाउसभामा ३९ करोड, ९१ लाख ६४ हजार रुपैयाको अनुमानित बजेट विनीयोजन गरिएको छ ।

भौतिक पूर्वाधार समितिका संयोजक विरजित कट्टेलले प्रस्तुत गर्नुभएको बजेटमा भौतिक पूर्वाधार तर्फ रु ७ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ ३ करोड, संस्थागत विकास र सुशासन तर्फ २५ लाख, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ६० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले संघिय सरकारबाट प्राप्त वितिय समानिकरणको ९ करोड, सर्सत अनुदान १४ करोड ३२ लाख, संघिय राजस्व बाँडफाँडबाट ५ करोड ८३ लाख, प्रदेशको समानीकरण अनुदान १ करोड ८४ लाख , विशेष अनुदा २ करोड ६८ लाख गापाको अन्दाजी आय ३ करोड गत बर्षको नगद मौजात ३ करोड गरी सो रकमको आय ब्यय प्रस्तुत गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार