होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जगन्नाथले ल्यायो झण्डै ३० करोड बरावरको बजेट
Breaking News

जगन्नाथले ल्यायो झण्डै ३० करोड बरावरको बजेट

  • नागरिक रैबार
जगन्नाथले ल्यायो झण्डै ३० करोड बरावरको बजेट

अनिल शाही/बाजुरा,१० असार।
बाजुराको जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सातांै गाउँ सभा बाट आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो ।

गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

निती तथा कार्यक्रम सार्वजनिक गर्दै गाउपालिकाले कृषि तथा पशुपालन ब्यवसायलाई प्राथमिकता दिएको हो । एक घर एक करेशा वारी निमार्णका साथै एक गाउँ, एक उत्पादनलाई अघि सारेको छ ।

विज्ञापन

त्यस्तै शिक्षामा शिक्षण संस्थाको शैक्षिक र भौतिक पूर्वाधारमा जोड दिएको हो । स्वास्थ्य तथा फोहोर मैलामा सुधार ल्याउने निती अघि सार्दै गापाले छाउपडि र सुत्केरी प्रथाका बारेमा जनचेतना जगाउन स्वास्थ्यकर्मी द्धारा हप्तामा एक दिन विद्यालयको जनचेतनामुकल कार्यक्रम संञ्चालन गरिने जनाएको हो ।

गाउँपालिको सडक नपुगेका वडामा सडक विस्तार गर्ने र सडक पुगेका वडाको सडकलाई स्तरोन्नती गर्ने जनाएको छ । जगन्नाथ गाँउपालिकाले यो बर्षको नीति तथा कार्यक्रममा मुख्य रुपमा स्वास्थ, शिक्षा, कृषि, रोजगार र सडक पुर्वाधारलाई बशेष प्राथमिकता दिएको छ । गाउँ सभामा आजै बजेट पनि सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले कुल २९ करोड ९१ लाख ७९ हजार ९ ९० रुपैयाँको वजेट प्रतुत गरीएको छ । गाउँ सभाले खानेपानी तथा सरसफाई तर्फ ३ करोड ८ लाख २८ हजार ९ सय ५०, सडक पुर्वाधार तर्फ १ करोड ८५ लाख ४५ हजार ९ सय, सिचाई तर्फ १ करोड ९० लाख ८७ हजार ७ सय, भवन निमार्ण तर्फ १करोड ८ लाख ४ हजार ९ सय ९०, शिक्षा तर्फ १ करोड ८० लाख २७ हजार ९ सय ५०, खेलकुद तथा मनोरञ्चन तर्फ १ करोड ७ लाख २० हजार, स्वास्थ्य तर्फ ९७ लाख २५ हजार ९ सय, कृर्षि तथा पशु सेवा तर्फ ५२ लाख, संकृति प्रवद्धन तर्फ २३ लाख, लैगिंक समावेशिकरण तर्फ ३ लाख २४ हजार, वातावरण संरक्षण तर्फ २२ लाख ७ हजार ५ सय ९०, र प्रकोप ब्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता डवल विकले जानकारी दिनुभएको छ ।

पर्यटकियस्थल वढीमालिकालाई विषेश प्राथमितामा राख्दै कर्णाली करीडोरको वेर्मा देखि वढीमालीका सम्मको पदमार्गलाई पहिलो प्राथमितामा राखिएको छ ।

गाउँपालिकाले कार्णालीमा र्याप्टीगं सम्भाब्यता अध्ययन गर्ने,साथै गाउँपालिकाले गत आर्थिक वर्ष २०७६÷७७को आय ब्यय समेत प्रस्तुत गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार