होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी […]
२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]
काठमाडौँ: आज दिउँसो सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम सहित गण्डकी, कर्णाली, वाग्मती प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। देशका अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने उनले बताइन्।
रुपन्देही। नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभई पार्टीले काँचुली फेरेको बताएका छन्। बुधवार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले एमाले विभाजन नभएर केही लोभीपापी बाहिरिएर पार्टीले काँचुली फेरेको बताएका हुन्। ‘केही अवसर खोज्ने साथीहरू चर्न जानुभएको छ, यसले पार्टीलाई केही फरक पर्दैन,’ उनले भने। पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभई लोभ […]
काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ ।‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ । हाल १५ वर्षभन्दा […]
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले डडेल्धुरामा वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताएका छन् ।मंगलबार विहान सामाजिक सञ्जालमार्फत कोइरालाले क्रियाशील सदस्यता नसच्याइ आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताए । मंगलबार निर्वाचन अधिकृतले भदौ २५ गतेका लागि वडा अधिवेशनको मिति तोकेका छ । ‘सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा […]
धनगढी : नेकपा एमाले भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) रोज्न स्थानीय तहका जनप्रतिनिधिलाई दिएको समय मंगलबार सकिएको छ। एमालेबाट विजयी भएका झण्डै ३० प्रतिशत जनप्रतिनिधिले पार्टी छाड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा एमालेका प्रमुख विजयी भएका थिए। ५ जना प्रमुखले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। […]
२२ भदौ, संखुवासभा । सङ्खुवासभामा हत्या गरिएका एउटै परिवारका ६ जनाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या भएको थियो । ५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा […]
धनगढी : नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। उनीहरुले धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमै पुगेर सनाखत गरिसकेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमाको आज अन्तिम दिन हो। तर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या बढ्ने सम्भावना भने कम छ। १४ जना सांसदले एकीकृत समाजवादी रोजेसंगै अब […]
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।यसैबीच सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता […]
धनगढी: आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै डडेल्धुरामा एक वडा सभापतिले नेपाली कांग्रेसको क्रिया गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले क्रिया गरेको बताएका हुन्। सोमबार उनले आफ्नो कपाल खौरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाको मेरो पहिलो दिन।’ उनले विगतदेखि आफूले पार्टीमा दिएको […]
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही […]
काठमाडौँ — क्रियाशील सदस्यताको टुंगो नलाग्दा २० जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, लुम्बिनीका बाँके, बर्दिया र कपिलवस्तु, कर्णालीका सुर्खेत र डोल्पा तथा सुदूरपश्चिमका बाजुरा र कैलाली जिल्लामा सदस्यताको सूची अझै टुंगो लागेको छैन । समितिका सदस्य अधिवक्ता […]
धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापासहित थप २० जना जनप्रतिनिधिले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन्। योसंगै एमाले छाडेर जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ५२ पुगेको छ। आज उपमेयर थापासहित वडाध्यक्ष टेकबहादुर बुढा, धनबहादुर बम, कार्यपालिका सदस्य […]
सुदूरपश्चिममा थप एक जना एमाले सांसदहरूले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी छन्।धनगढी स्थित निर्वाचन आयोग कार्यालयमा सोमबार माया तामाङ बोहराले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी हुन् । यसअघि १३ जना प्रदेश सभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरिसकेका छन्।(एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्ने सांसद पूर्णा जोशी, लालबहादुर खड्का, […]
काठमाडौँ — पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने गरी एमालेमा भएको दसबुँदे सहमति कार्यान्वयनमा आशंका उत्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओली र निकट नेताहरूले दसबुँदे कार्यान्वयनमा इमान्दारिता नदेखाएको गुनासो अर्को पक्षका नेताहरूले गरेका छन् । संस्थापन पक्षले दसबुँदे कार्यान्वयनमा आलटाल गरेको भन्दै घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायत १० […]
धनगढी — सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको एमाले विभाजनपछि नवगठित एकीकृत समाजवादीभन्दा सानो भएको छ । प्रदेशसभाका २५ सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेपछि एमाले १२ (सभामुखसहित) सांसदमा खुम्चिएको छ । पाँच दिनअघि १० जनाले एकीकृत समाजवादीमा सनाखत गरेकामा आइतबार उक्त दलमा तीन जना थपिएका हुन् । एमालेबाट निर्वाचित भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल […]
हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण […]
धनगढी : बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठकमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न पाउने निर्णय भयो। सोहीअनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै स्मार्ट लकडाउनको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्न अनुमती दिए। तर कैलालीका सरकारी विद्यालय भने सञ्चालन भएका छैनन्। धनगढीको त्रिभुवन माध्यामिक विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थीले भौतिक उपस्थितीमा कक्षा […]
धनगढी, २० भदौ : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो […]