होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दार्चुला– सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको हो । अनुमतिबिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो […]
काठमाडौं, चैत १३ । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।दावी विरोधपछि करिब एक लाख […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाच आयोगप्रति असन्तुष्टि जनाएका छन् ।आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाए। ‘मत पत्रको रङ बदल्नै पर्छ,’ उनको भनाइ छ, ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । […]
काठमाडौँ: राती ड्यूटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्। दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको […]
धनगढी: सुदूरपश्चिम प्रदेशसभा सचिवालयको नवौं अधिवेशन(हिउँदे) आजदेखि सुरु भएको छ। प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ। अधिवशेनको पहिलो बैठकमा सांसदहरूले शुभकामना दिने र प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेश दूग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, […]
काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान […]
काठमाडौं, चैत १३ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र […]
काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवनको हिजाे उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस कार्यक्रमको १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको र यसबाट कुनै रोजगारी सिर्जना नभएको बताउनुभएकाे हाे । ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र […]
जनकपुरधाम । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको डिटिजल मुखपत्रको रूपमा ‘कलमन्यूज डटकम डट एनपी’ बेब पोर्टल सुरु गरेको छ।पोर्टलको आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गरेका हुन्। पोर्टलको एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनले सञ्चालन गर्ने छ। पोर्टलमा एकीकृत समाजवादीका गतिविधिलाई समेटिने छ ।
धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। प्रदेशमै सबैभन्दा बढी जनसंख्या रहेको सहर पनि धनगढी। तर धनगढीका सबै स्थानमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा नागरिकलाई शौच गर्न समस्या हुँदै आएको छ। किनमेल तथा काम विशेषले बजार आएका नागरिकलाई झनै समस्या हुँदै आएको हो। ‘दिनभर बजारमा काम भए पनि पिसाब रोकेर फेरि घरमै जानुपर्छ। […]
काठमाडौँ — शुक्रबार राति ९ बजेतिरको कुरा हो । कपन आकाशेधारास्थित एकतले टिनको टहराभित्र आगो दन्कियो । नजिकै बस्ने प्रहरी सहायक निरीक्षक संयोग राई दर्गुर्दै टहरामा पुगे । ढोका फोरेर भित्र पस्दा त्यहाँ डेरा गरी बस्ने ३० वर्षीया अस्मिता चौधरी आगोको लप्कामा जलिरहेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरेर साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्यायो । अस्मितालाई उनकै श्रीमान् ४२ […]
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्सिङतर्फको २९औं मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङतर्फका ४५ प्रतिशत अनुत्तीर्ण भएका छन् । नर्सिङ तर्फको लाइसेन्स परीक्षामा एक हजार ४८३ जनाले फारम भरेका थिए। । तीमध्ये ८ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना […]
धनगढी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो। आयोगले सुदूरपश्चिमका ९ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ स्थानिय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीशलाई तोकिएको छ। […]
काठमाडौं । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, […]
युवा तथा खेलकुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताए । पारित बुँदामा युवा तथा खेलकुद क्षेत्रको बजेट वृद्धिका लागि पहल गर्ने, खेल पूर्वाधारसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गर्ने, […]
सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ। गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र […]
काठमाडौं, १२ चैत । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित […]
धनगढी: कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले […]
काठमाडौँ — जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताहरूले आक्रमण गरेको […]