होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएकोमा आपत्ति जनाएका छन् । भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]
नवगठित दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको समस्या धेरै हदसम्म समाधान भएको जनाएको छ । लोसपाले निर्वाचन आयोगलाई बुझाएको घोषणापत्रमा नेपालमा नागरिकता समस्या धेरै हदसम्म समाधान भए पनि तराईका जिल्लाहरुमा अझै केही हदसम्म समस्या विद्यमान रहेको जनाइएको छ । अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धी प्रावधानलाई नै संविधानमा राख्नुपर्ने पार्टीको मान्यता रहेको लोसपाले जनाएको छ । […]
डोटी, २७ भदौ: सेती नदीले बर्सेनि त्यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले त्यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम […]
एजेन्सी, २७ भदौ । भारतको बिजनौर शहरकी २४ वर्षीया राष्ट्रिय खो–खो खेलाडीको बलत्कारपछि क्रुरतापूर्वक हत्या भएको छ । हत्या गरी उनको शरीरलाई बिजनौर रेल्वे स्टेशनमा फालिएको अवस्थामा शुक्रबार भेटिएको थियो । परिवारले आफ्नो छारी बलात्कृत भएको प्रहरीमा उजुरी दिएका थिए । त्यसकै आधारमा खोजीका क्रममा शव रेल्वे स्टेशनमा पाइएको थियो । प्रहरीको भनाईलाई उदृत गर्दै […]
बलेवा । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ । कोरोना भाइरस सङ्क्रमण त्रासका कारण जारी निषेधाज्ञा केही खुकुलो भएपछि स्याउ बगान खरिद गर्न बाहिरी जिल्लाबाट […]
काठमाडौं, २७ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाविरुद्धको खोप ६८ हजार ६ सय ३० जनाले लगाएका छन् । स्वास्थ्य मन्त्रालयको अनुसार जापानमा तयार भएको एष्ट्रेजेनिका खोपको पहिलो मात्रा हालसम्म २३ लाख ६० हजार ८ सय ४७ जनाले लगाएका छन् भने दोस्रो खोपको मात्रा १३ लाख ७८ हजार ९ सय १५ जनाले लगाएका छन् । […]
नेकपा एकीकृत समाजवादी जिल्ला समिति जुम्लाले जुम्ला सदरमुकाम खलंगामा बृहत जनप्रदर्शन गरेको छ । नेकपा एमाले विभाजित भएपछि बनेको एकीकृत समाजवादीले जुम्लामा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो । अगुवा कार्यकर्ता भेला संगै प्रदर्शन गरेको समाजवादीले जुम्लामा आफु अब्बल रहेको दाबी गरेको छ । नेकपा एमाले भन्दा आफु बलियो भएको प्रमाणित गर्न पनि समाजवादी शक्ति […]
जनकपुरधाम । प्रदेश-२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ ।प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ […]
बैतडी, २७ भदौ: बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै त्यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने […]
काठमाण्डाै – संसद बैठक आज बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै रेल्वे […]
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् । उनले नेकपा एमालेले देशव्यापी रुपमा […]
धनगढीः संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना भाइरस विरुद्धको पर्याप्त खोप पठाउन आनाकानी गरेको आरोप लागेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशका ६ लाख नागरिकले मात्रै कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। जसमा ४ लाख बढीले पूर्ण खोप लगाए पनि थप डोज पठाउन संघीय सरकारले आनाकानी गरिरहेको छ। अन्य प्रदेशको तुलनामा कम डोज पाएको सुदूरपश्चिमलाई पर्याप्त खोप दिन […]
काठमाडौँ, २६ भदौ । नेकपा माओवादी केन्द्र समाजवादीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए देशको अखण्डतामाथि प्रहार भई रक्तपातको चेतावनी दिएको छ । आज तीन दर्जनभन्दा बढी संख्याका युवाहरुको पत्रकार सम्मेलन गरी आयोजित पार्टी प्रवेशमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी खतरनाक भएको भन्दै तत्काल खारेज गर्नुपर्ने समेत बताएका हुन् । ‘एमसीसी पास भए नेपालको अखण्डतामाथि प्रहार […]
२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ […]
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसद्बाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाए […]
काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग एकसरो भेटघाट सकेकी छन् । बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् । […]
दार्चुला: दार्चुलामा एक धामीको काँप्दाकाँप्दै ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ। घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त घरमा शव फेला परेको हो। मृतक तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी […]
धनगढीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन्। सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन्। उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी […]
धनगढी : कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ। सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ। […]
जाजरकोट । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा भेरी-१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा […]