होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै
Breaking News

ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीलाई प्रचण्डको सन्देश- तत्काल पार्टी एकता होइन, सहकार्य मात्रै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग तत्काल एकता गर्नुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्। 

मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एमालेसँग तत्काल एकता नभई सहकार्य गर्न सकिने र त्यो आवश्यक रहेको बताएका हुन्।

‘राष्ट्रिय स्वाधिनताका पक्षमा निरंकुशताका विरूद्ध, फासिजमका विरूद्ध, वैदेशिक दबाब हस्तक्षेप विरूद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ यसलाई ढिला गर्न गल्ती हुन्छ,’ उनले भने। 

विज्ञापन

यसैलाई आम नेता कार्यकर्ताले तत्काल एकता गरिहाल्ने रूपमा बुझेको प्रचण्डको भनाइ छ। 

‘केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्ने बुझे। मलाई अनौठो लाग्छ, मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौं, बेलुकै पार्टी एकता गरौं भनेको छैन,’ उनले भने, ‘मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं भनेको हुँ। भरे सकिन्छ भने भरे नै गरौं, भोलि सकिन्छ भने भोलि नै गरौं। संसदमा गरौं, सडकमा गरौं, चुनावमा गरौं।’ 

भदौ २४ यता प्रतिक्रान्तिका घटनाक्रम अघि बढिरहेको र यसले राष्ट्रिय स्वाधीनता संवेदनशील मोड र संकटमा पुगेको सँगै सरकार संविधानको आधारभूत मान्यता, उत्पीडित वर्ग र समुदायमाथि प्रहार गर्न उद्दत रहेकाले पनि सहकार्य आवश्यक रहेको उनको भनाइ छ। 

र यी सबै प्रहारमा कम्युनिस्ट आन्दोलन सिध्याउने षड्यन्त्र रहेको पनि उनले बताए। 

‘त्यही षड्यन्त्रको परिणतिको रूपमा भदौ २४ भयो, चुनाव भयो। यो परिस्थितिमा हामीले ढिला नगरीकन सहकार्य गर्नुपर्छ,’ उनले भने।   

‘चाहे ट्रेड युनियनका कुरा गरौं, चाहे विद्यार्थीको कुरा गरौं, चाहे सिमानाका कुरा गरौं। गरिब, मजदुर किसानका विरूद्ध जुन षड्यन्त्र भएको छ त्यसका विरूद्ध मिल्न सक्ने जतिहरू सहकार्य गर्न जति ढिला गर्‍यो दुर्घटना त्यति नै भयानक हुनेवाला छ,’ प्रचण्डले अगाडि भने। 

Ncell

उनले पार्टी एकताकै लागि ०७४ को एकता र त्यसपछिका घटनाक्रमबारे गम्भीर ढंगले आत्मसमीक्षा अनिवार्य रहेको बताए। 

‘हामी नै हो ०७४ सालमा मिलौं भन्ने। मिलेको पनि हो। हामी मात्रै मिलेको होइन हाम्रो एकताप्रति जनताले झन्डै दुई तिहाइ मत दिएर अनुमोदन पनि गरेको हो। हामीले आज फेरि एकचोटि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नैपर्छ भन्ने पक्षमा छु,’ उनले भने, ‘बिना समीक्षा हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने तरिका नआओस् भन्नेमा सतर्क हुनुपर्छ।’ 

यद्यपि मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरामा आफू विश्वस्त रहेको प्रचण्डले बताए। 

‘जसरी हिजो पञ्चायती तानाशाहीका विरूद्ध हामी मिलेर लड्यौं। पार्टी त एउटै थिएन। तर मिलेर नै सफलता प्राप्त गरेका हौं। अहिले पनि मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ। यसमा ढिला नगरियोस्। तपाईंले सबैले आआफ्नो ठाउँबाट त्यो वातावरण बनाउन भूमिका खेल्नुस्,’ उनले भने। 

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न २०४६ पछि पनि प्रयत्न गरिएको उनले बताए। त्यतिबेला मदन भण्डारी र आफूले रातभरि बसेर नेपाली कम्युनिस्ट आन्दोलनलाई ४६ सालको ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा एकताबद्ध गर्न सम्भव छ भनेर बहस गर्ने भनेर कार्यक्रम तोकिएको स्मरण गरे। 

‘तर दुर्भाग्य! त्यो दिन आएन,’ उनले भने, ‘त्यसकारण कहीँ न कहीँ एउटा जिम्मेवारी हाम्रो काँधमा छ भन्ने मलाई लाग्छ। त्यो अधुरो सपना पूरा गर्ने जिम्मेवारी हामी सबैको काँधमा छ। त्यसकारण हामी सबैले यो कुरालाई विचार गरेर सहकार्यबाट सुरू गरौं।’

परिवर्तनको रक्षाका निम्ति वामपन्थी मात्रै मिलेर मात्रै पनि नपुग्ने प्रचण्डको भनाइ थियो। 

‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति यो देशको महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू सबैको पहिचानका निम्ति, उनीहरूको प्रतिनिधित्वका निम्ति हामीले लडाइँ लड्यौं र संविधान सभाबाट जुन संविधान बनायौं, त्यसका सहभागी सबै राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने कुरालाई त्यति नै जोड दिएका छौं। नेपाली कांग्रेस, नेकपा एमाले र मधेस केन्द्रित दलहरू र अन्य दलहरू कुनै न कुनै कार्यगत एकतामा, मोर्चामा, सहकार्यमा उपस्थित हुनै पर्छ,’ उनले भने। 

कम्युनिस्ट हुनुको नाताले कम्युनिस्टहरूको एकतालाई प्राथमिकता दिनु हाम्रो कर्तव्य र जिम्मेवारी रहेको उनले बताए। तर नेपाली कांग्रेस पनि संविधानको रक्षा र यसका उपलब्धीहरूलाई जोगाउन फेरि एकचोटि सँगै उभिनुपर्ने आवश्यकता रहेको उनले बताए। 

संयोजक प्रचण्डले आफूले ‘क्रमभंग’ भन्दा उत्पात गर्न खोज्यो भन्न नसोच्न पनि आग्रह गरे। 

‘यो त प्रकृति, समाज र मानव विकासको नियम हो। निरन्तरतामा क्रमभंग। मैले त्यही भन्ने गर्छु। क्रमभंग गरिराख्नुपर्छ,’ उनले भने। 

तर अहिले पनि नयाँ जनवाद भनेर केही साथीहरू क्रममै बसिरहेको र त्यसले कहीँ नलैजाने प्रचण्डको भनाइ छ। 

‘मैले पनि जे भन्यो भनियो भनेको भए प्रचण्डपथ नै रहिरहन्थ्यो तपाईं हाम्रो भेट नै हुने थिएन। त्यसकारण परिस्थिति अनुसार आफ्नो विचारलाई विकसित गर्ने परिमार्जन गर्ने क्षमताको विकास हामीले गर्नैपर्छ,’ उनले भने।  

मदन भण्डारीबाट पनि उनको सोच्ने तरिका सिक्नुपर्ने प्रचण्डको भनाइ छ। 

‘उहाँको सोच्ने तरिका के थियो। उहाँले नीति विचार कार्यक्रम योजनालाई कसरी प्रस्तुत गर्नुहुन्थ्यो? पहिले पुष्पलालसँग हुँदा कसरी सोच्नुहुन्थ्यो, कोर्डिनेसन केन्द्रमा आएपछि कस्तो सोच्नुभयो, महासचिव हुनुअगाडि कसरी सोच्नुहुन्थ्यो। महासचिव भएपछि कसरी सोच्नुभयो यो कुरा बुझ्न जरूरी छ। उहाँको विचारलाई लिएर यो भन्नुभाथ्यो यही नै हो भनेर घन्टी बजाउने मात्रै नगरौं,’ उनले भने। 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार