होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ, २० भदौ: सन् २०२१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । विश्वका प्रमुख नेताबारे गरिएको ‘दी मर्निङ कन्सल्ट‘ले गरेको सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाईडेनलाई पछ्याउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका हुन्। महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको जनाइएको छ । उक्त दर विश्वका अन्य […]
धनगढी : सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जनाले सनाखत गरेका हुन्। आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको […]
धनगढी : नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न इच्छुक प्रदेश सांसदका लागि अब तीन दिन मात्रै बाँकी छ। एकीकृत समाजवादीमा जान इच्छुक प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने छ। अहिलेसम्म सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। उनीहरुले प्रदेश […]
जनकपुर — नेकपा एमालेका प्रदेश २ का थप दुई सांसदले आइतबार एकीकृत नेकपा समाजवादी पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले नेकपा(एस) रोजेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद सीता गुरुङले नेकपा(एस) रोजेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सांसद विश्वकर्मा र गुरुङ दुवैजना बाराका हुन् । एमाले छोडेर नेकपा(एस)मा लागेका […]
धनगढी : सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। अनेरास्वियूका केन्द्रीय सदस्य हेमन्त रेग्मीले कुँवरले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका हुन्। ‘धनगढीमा म मोटरसाइकलमा सवार हुँदा कुँवरले सरकारी गाडीमा आएर मलाई ठक्कर दिन खोजे,’ रेग्मीले दिनेशखबरलाई भने, ‘म अगाडि बढ्दा गाडी अगाडी बढाए र पछाडी जान खोज्दा […]
धनगढीः जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजा देवी बुढामगरले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकिकृत सामाजवादी)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुका १५ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबारसम्म नयाँ पार्टीमा रहेको भन्दै सनाखत गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष […]
१८ भदौ, सुर्खेत । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको हो । ‘बैठकले पार्टी एकता र १० बुँदे […]
नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै सुदूपश्चिम प्रदेश इञ्चार्ज भएको दाबी गरेका छन्। उनले आफू नै एमाले सुदूरपश्च्मिको इञ्चार्ज भएको एक अन्तरवार्तामा खुलासा गरेका छन् । ‘मैले बुझे अनुसार अहिले कुनै निर्णय भएको छैन। इञ्चार्ज म नै हो। मलाई हिजो पनि अध्यक्ष केपी ओलीले भनेको कुरा त्यो हो,’ एक टेलिभिजन कार्यक्रममा भट्टले भनेका छन्। […]
रोजगारी सिर्जनाका लागि भन्दै विश्व बैंकसम्मको ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको तीन वर्ष बित्यो । तर, पाँच वर्षका लागि तय गरिएको लक्ष्यको तुलनामा कार्यक्रमले हालसम्म ५.४१ प्रतिशत मात्र प्रगति हात पारेको छ । कार्यक्रमको दीर्घकालीन योजना (पाँचवर्षे कार्यक्रम दस्तावेज)ले कार्यक्रमको लक्ष्य, रणनीति, कार्यनीति तथा क्षेत्रका आधारमा पाँच वर्षमा हासिल गर्नुपर्ने अपेक्षित प्रतिफललाई नतिजा […]
काठमाडौं १८ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको […]
एजेन्सीः भारतका लोकप्रिय टेलिभिजन र चलचित्र अभिनेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ। ४० वर्षका शुक्लालाई हृदयाघात भएको र त्यसकै कारण निधन भएको अस्पतालले जनाएको छ। भारतीर समाचार संस्था पिटिआईले कूपर अस्पतालका अधिकारीलाई उद्धृत गर्दै सिद्धार्थको निधन अस्पताल पुग्नु अगाडि भएको उल्लेख गरेको छ।सिद्धार्थ आमा र दुई बहिनीको साथमा बस्दै आएका थिए। उनले मोडलिङबाट आफ्नो करियर […]
धनगढी : सुदूरपश्चिममा नेकपा एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्ने क्रम जारी छ। अहिलेसम्म नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका १० जनाले पार्टी विभाजनसँगै औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। उनीहरु विगतदेखि नै नेपाल समूहमा थिए। आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, […]
दार्चुला: आइतबार राति दार्चुलामा परेको अविरल वर्षाको कारण जिल्लाको महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा ठुलो क्षति भएको हो। वर्षापछि आएको बाढीपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन्। दुई जना घाइतेको हेलिकोप्टरबाट उद्दार गरि धनगढी ल्याइएको छ। बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ। […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ ।क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो । कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई […]
१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश […]
काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालय विद्यालय खुलाउन लचिलो बनेका छन् । प्रशासनले जारी गरेको आदेशमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर […]
१६ भदौ, बलेवा । बाढी-पहिरोका कारण थाकखोलाको नुन खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढी-पहिरोको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नुनखानी सङ्कटमा परेको हो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमामा रहेको नुनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा […]
विराटनगर । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, […]
डोटी: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ। लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो। केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ। पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन […]
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ । उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् । प्रदेशसभाका […]