होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, […]
काठमाडौं । सरकारले सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहनेगरी कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्थासमेत एकै ठाउँबाट हुनेगरी केन्द्र निर्माण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ । ‘कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, […]
काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका […]
२५ भदौ, काठमाडौं । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । २०७४ को आम चुनावको […]
पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३६ […]
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन […]
डोटी: जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ। गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन्। केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिइन्। उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ। लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य […]
धनगढीः डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विवादकाबीच वडा अधिवेशन सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताको छ। सबै वडाको विवरण भने आएको छैन। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७, नवदुर्गा गाउँपालिका वडा नम्बर ४ लगायतका वडाहरुमा उद्घाटन सत्र सकिएको छ। नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी […]
रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ […]
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । महाशाखाले आगामी तीनको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको […]
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन्। उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेकी एमसीसीका उपाध्यक्ष फतिमा […]
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार […]
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले तीजलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् […]
२४ भदौ, खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो । अनुगमन […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । “नेपाली समाजमा रहेका सबै खाले विभेद एवं […]
धनगढी : मंसिरमा १४औँ महाधिवेशनको मिति तोकेको नेपाली काँगे्रसको वडा अधिवेशन भने १८ गतेदेखि सुरु भएको छ। तर सुदूरपश्चिमका तीन जिल्ला कैलाली, डडेल्धुरा र बाजुरामा भने क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको छ। कैलाली र बाजुरामा नामावली नै प्रकाशन गरिएको छैन भने डडेल्धुरामा नामावली प्रकाशित भएपछि सोही नामावलीमै विवाद भएको छ। क्रियाशील सदस्यता वितरण गर्दा […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । थापाथलीस्थित विभागको सभाकक्षमा बुधबार पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको हो । जनगणना कार्य कोभिडका कारण गत वैशाख १६ गतेबाट लकडाउन जारी भएपछि स्थगित भएको थियो । ‘स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो […]
काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी […]