होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • कैलालीका पुरुषलाई ‘नेपाल प्रहरी हुँ’ भन्दै लगियो, भेटिए भारतीय प्रहरीको हिरासतमा
अपराध

कैलालीका पुरुषलाई ‘नेपाल प्रहरी हुँ’ भन्दै लगियो, भेटिए भारतीय प्रहरीको हिरासतमा

  • नागरिक रैबार
कैलालीका पुरुषलाई ‘नेपाल प्रहरी हुँ’ भन्दै लगियो, भेटिए भारतीय प्रहरीको हिरासतमा

धनगढी : ससुराली घरबाट अपहरणमा परेका भनिएका कैलालीका एक पुरुष भारतीय प्रहरीको नियन्त्रणमा रहेको खुलेको छ। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरका मीनबहादुर शाहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो। उनलाई कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ स्थित ससुराली घरबाट आइतबार दिउसो ४ बजे बेपत्ता पारिएकाे थियाे।

‘नेपाली नम्बरको स्कुटरमा आएका दुई जना व्यक्तिले आफूहरु नेपाल प्रहरी भएको भन्दै लगेर गएका थिए,’ मीनबहादुरकी श्रीमती आरतीले दिनेशखबरलाई भनिन्, ‘उनीहरु नेपाली भाषामै कुराकानी गरिरहेका थिए। जिल्ला प्रहरी कार्यालयमा लैजान्छु भनेर चप्पल पनि लगाउन दिइएन। अहिले आएर भारतीय प्रहरीको नियन्त्रणमा रहेको खबर आएको छ।’

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने घटनाबारे बुझ्न प्रहरी टोली पठाइएको बताए। नेपालमा आएर अपहरण शैलीमा लगेर नेपालीलाई नै भारतीय प्रहरीले नियन्त्रणमा राखेपछि कञ्चनपुर प्रहरी र मातहतको गड्डाचौकी प्रहरीको सुरक्षा व्यवस्थाबारे प्रश्न उठेको स्थानीयले बताएका छन्। प्रहरी स्रोतका अनुसार शाहलाई भारतको हरियणामा चोरी गरेको आरोप लागेको छ। उनलाई भारती प्रहरीले वनवासामा हिरासतरमा राखेको बुझिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार