होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेमबहादुर सिंहलाई देखाउँदै ओलीले भने– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ
समाचार

प्रेमबहादुर सिंहलाई देखाउँदै ओलीले भने– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ

  • नागरिक रैबार
प्रेमबहादुर सिंहलाई देखाउँदै ओलीले भने– यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका बारेमा विगतमा फैलाइएका भ्रमबाट मुक्त हुँदै दैनिक ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।

सोही कार्यक्रममा प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी आजदेखि एमालेमा विलय भएको घोषणा गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रेमबहादुर सिंहसँग २०३० सालको सुरुवातमा भारतको दरभंगामा भेट भएको बताए । त्यसबेला आफू भूमिगत रुपमा काम गर्दै हिँडेको उनले सुनाए ।

प्रेमबहादुर सिंह नेकपा एमालेका लागि अपरिचित र नयाँ नरहेको भन्दै उनले लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता रहेको बताए । उनले प्रेमबहादुर सिंहको स्वास्थ्य अवस्थाको प्रशंसा गर्दै ‘उमेरको तुलनामा भर्खरकै’ देखिएको बताए । ओलीले भने, ‘कर्णालीको हावापानी, यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार