होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो
Breaking News

ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीको दाबी- नेपाली कांग्रेस फुट्यो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटेको दाबी गरेका छन्। लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन कांग्रेस फुटेको उनको भनाइ थियो। मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै उनले भने, ‘यस्तो बेलामा लोकतान्त्रिक शक्तिलाई मिल्न नदिनका लागि कसले फुटायो, किन फुटायो, फुटेर के भयो, नेपाली कांग्रेस त फुट्यो।’ अरू पार्टीलाई पनि फुटाउने कोसिस हुन सक्छ भन्ने क्रममा उनले कांग्रेस फुटेको उदाहरण दिएका थिए। तर कांग्रेस कसले फुटायो र फुटेपछि कुन पार्टी बन्यो भन्नेजस्ता विषय उनले प्रष्ट भनेका थिएनन्। नेपाली कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। त्यसमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी थिएनन्। तर कांग्रेस विभाजन भएको छैन। ओलीले कांग्रेस फुटेको दाबी भने गरेका छन्। उनले मुस्किलले पार्टी एकता गरे पनि चम्किँदै फुट्ने गरेको बताए। Ncell ‘मुस्किलले पार्टी एकता गर्‍यो, सजिलोसँग फुट्छन्, त्यो हामीले देखेका छौं,’ उनले भने, ‘प्रयासहरू भएका छन् तर एमाले सुदृढ पार्टी हो। आफ्ना उद्देश्यप्रति एमाले सचेत छ, बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुरालाई चिनेर हामी पराजित गर्छौं।’ उनले चुनावमा धक्का खाए पनि एमाले समाप्त नभएको बताए। ‘हामी लडेका हौं, मरेका छैनौं, शान्तिपूर्ण बाटोबाट हामी अघि बढ्छौं,’ उनले भने, ‘धक्कालाई पराजित गर्दै हामी उठ्छौं।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार