होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५४८ जना चुनावी मैदानमा
समाचार

५४८ जना चुनावी मैदानमा

  • नागरिक रैबार
५४८ जना चुनावी मैदानमा

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा पुग्नका लागि ५ सय ४८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि उनीहरूले शनिबार मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्यका लागि सोमबार निर्वाचन हुँदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पूरै प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समीकरण गरेका छन् । उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति प्रकाशमान सिंहले आंशिक टिम बनाएका छन् । केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

देउवा–सिटौला प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापाले दाबेदारी पेस गरेका छन् । सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेदवार छन् । अन्य पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन । उपसभापतिमा महेश आचार्य र दिव्यश्वरी शाहले पनि उम्मेदवारी दिएका छन् । आचार्यले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

विज्ञापन

देउवा–सिटौला प्यानलबाट सहमहामन्त्रीमा किशोरसिंह राठोर (खस–आर्य), महालक्ष्मी (डिना) उपाध्याय (महिला), मानबहादुर विश्वकर्मा (दलित), भीष्मराज आङ्देम्बे (आदिवासी–जनजाति), महेन्द्र यादव (मधेसी), फरमुल्लाह मन्सुर (मुस्लिम), उमाकान्त चौधरी (थारू), जीवनबहादुर शाही (पिछडिएको क्षेत्र) ले उम्मेदवारी दिएका छन् । कोइराला प्यानलबाट देवराज चालिसे (खस–आर्य), कमला पन्त (महिला), जीवन परियार (दलित), विकास लामा (आदिवासी–जनजाति), रामकृष्ण यादव (मधेसी), वकिल मियाँ (मुस्लिम), तेजुलाल चौधरी (थारू), बद्री पाण्डे (पिछडिएको क्षेत्र) ले उम्मेदवारी दिएका छन् । सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनेको नाम खुलेको छैन ।

खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको छ । महिला ९ सदस्यका लागि ३१, दलित ९ सदस्यका लागि ३९, आदिवासी–जनजाति १५ सदस्यका लागि ८७, खस–आर्य १३ सदस्यका लागि ९३, मधेसी ९ सदस्यका लागि ३२, थारू ४ सदस्यका लागि १४, मुस्लिम ३ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । पिछडिएको क्षेत्र, अल्पसंख्यक र अपांगतातर्फ एक–एक सदस्यका लागि क्रमशः २ जना, ६ जना र १६ जनाको उम्मेदवारी परेको छ । प्रत्येक प्रदेशबाट ३ जनाका दरले निर्वाचित हुने २१ केन्द्रीय सदस्यका लागि ६४ जनाले मनोनयन दर्ता गरेका छन् । प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट ५ जना, वाग्मतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट ७ जना र सुदूरपश्चिमबाट १२ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसको विधानअनुसार निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले प्रस्ताव गरेका एक जना कोषाध्यक्ष मनोनीत हुनेछन् । यसका साथै एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी ३३ जना सदस्य मनोनीत हुनेछन् । निर्वाचन समितिले आइतबार बिहान ११ बजे उम्मेदवारको मनोनयन फिर्ता लिने र दिउँसो १२ः१५ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तोकेको छ । मतदान सोमबार बिहान ८ बजेदेखि हुनेछ । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा केन्द्र तोकेको छ ।

पदाधिकारीमा प्रतिस्पर्धा गर्ने अनुमान गरिएका थुप्रै नेता कोही सभापतिमा प्रतिस्पर्धा गर्दै छन् भने कोही केन्द्रीय सदस्यमै थन्किएका छन् । संस्थापनबाहेक समूहमा साझा उम्मेदवार भएमा प्रकाशमान सिंह, शशांक कोइराला, डा. शेखर कोइरालाले पदाधिकारीमा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको थियो । तर सिंह र शेखर सभापतिमा लडेका छन् भने शशांक केन्द्रीय सदस्य उठेका छन् । पदाधिकारीमा उम्मेदवारी दिने आकांक्षा राखेका बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, रामशरण महत, एनपी साउद र रमेश लेखकले सदस्यमा मनोनयन दर्ता गरेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि देउवासँग समीकरण गर्दै आफू सदस्यमा उठेका छन् । उपसभापतिमा उम्मेदवारी दिएका ७ जनामध्ये गच्छदार र खड्कामात्र वर्तमान कार्यसमितिका पदाधिकारी हुन् । भण्डारी, गुरुङ, कोइराला र आचार्य केन्द्रीय सदस्य बनिसकेका हुन् । शाह भने केन्द्रीय सदस्य पनि छैनन् । त्यस्तै महामन्त्रीमा मनोनयन दर्ता गरेका महत मात्र अहिले पदाधिकारी (सहमहामन्त्री) छन् । पौडेल, रिजाल र थापा केन्द्रीय सदस्य तथा शर्मा प्रवक्ता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै