होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै
देश/प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै

  • नागरिक रैबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै

काठमाडौैं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।गत वैशाख २३ गते सभामुख कृष्ण धितालले उपस्थित संख्या ५९ को बहुमत ३० मानेर मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । जसमा एमालेका २२, माओवादीका ७ र एक स्वतन्त्र उम्मेदवार गरी ३० जनाले मत दिएका थिए ।

विज्ञापन

तर, सर्वोच्चले उपस्थित संख्या नभई सभाको कुल सदस्य संख्या ६० को बहुमत कम्तीमा ३१ मत हुनुपर्ने ठहर गर्दै अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा पाण्डेलाई नियुक्त गर्न आदेश दिएको थियो ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।गत वैशाख २५ गते पूर्वमुख्यमन्त्री पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको दाबी गरेका थिए ।

खबरहवबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ७ दिन अगाडि