होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • लैङ्गिक हिंसा राेकथाम गर्न महिलाहरूलाई सचेतनामुलक कार्यक्रम
Breaking News

लैङ्गिक हिंसा राेकथाम गर्न महिलाहरूलाई सचेतनामुलक कार्यक्रम

  • नागरिक रैबार
[sharethis-inline-buttons]
लैङ्गिक हिंसा राेकथाम गर्न महिलाहरूलाई सचेतनामुलक कार्यक्रम

नागरिक रैबार/बाजुरा। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ ।

वडा नम्बर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा राेकथामका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन ।

नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु नै अग्रसर भएर लाग्नु पर्ने नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकि छन् । कार्यक्रममा बोल्दै उप प्रमुख थापाले हिंसाका घटना न्युनिकरण गर्न महिलाहरू सबैले एकजुट भएर लाग्नुपर्ने बताएकी छन ।

लैंगिक हिंसा रोकथाम गर्नका लागि महिलाहरुमा सचेतना तथा क्षमता अभिवृद्धि गर्न उदेश्यका साथ एक दिने अभिमुखिकरण कार्यक्रम गरेको वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।

महिला माथि हुने घरेलु तथा लैंगिक हिंसा रोकथाम गर्नका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रमले ठुलो सहयोग पुग्ने वडा अध्यक्ष थापाले बताए ।

बडीमालिका नगरपालिका वडा नम्मर ८ का वडाअध्यक्ष चन्द बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख नन्दा कुमारी थापा रहेकी थिईन वडा सचिव गोरख बहादुर रावलले संचालन गरेको कार्यक्रमको स्वागत मनोसामाजिक कर्ता शुसिला थापाले गरेकी थिइन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै