होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • माओवादी केन्द्र जगन्नाथको २ महिने रुपान्तरण अभियान सम्पन्न 
Breaking News

माओवादी केन्द्र जगन्नाथको २ महिने रुपान्तरण अभियान सम्पन्न 

  • नागरिक रैबार
माओवादी केन्द्र जगन्नाथको २ महिने रुपान्तरण अभियान सम्पन्न 

राजेन्द्र विक बाजुरा,२६जेठl नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ।पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज )ले बताए।

रुपान्तरण अभियानले पालिका स्तरका नेता तथा कार्यकर्तामा नयाँ रक्तसञ्चार गराएको,पार्टी सदस्यता नविकरण भएको र समसामयिक राजनैतिक घटनाक्रम बारे शुभेच्छुक हरुलाइ स्पष्ट पारिएको शाहिको भनाइ छ।

अभियानमा प्रदेश सचिवालय सदस्य शाही संगै प्रदेश सल्लाहकार सदस्य ज्ञानेन्द्र सिँह ( क.किरण ), जगन्नाथ गाउँ कमिटि सह-ईन्चार्ज प्रकाश बहादुर शाही,जगन्नाथ गाउँ कमिटी अध्यक्ष रुप बहादुर ओड ( क.रमेश ),जगन्नाथ गाउँ कमिटी सचिब धनवीर सार्की,माओवादी केन्द्र का बरिष्ठ नेता गजेन्द्र बहादुर सिँह ( क.पहाड ),वडा नँ २ पार्टी वडा अध्यक्ष भक्त बहादुर बि.क., जिल्ला सदस्य बिष्नु बिष्ट,जिल्ला सदस्य बल बहादुर शाही ( क.बलभद्र ),पार्टी जिल्ला सदस्य तथा दलित माेर्चा जिल्ला अध्यक्ष नरेन्द्र बि.क.( क.रमन ),वडा नँ १ का नेता डम्बर बि.क ,वडा सचिव दया ओड,वडा  नँ ५ का वडा अध्यक्ष मँगल शाही,स्कुलिङ बिभाग सदस्य अजबीर शाही,वडा नँ ६ का नेता वीर बिष्ट,लाेग बि.क.लगाएतका जिल्ला देखि स्थानिय स्तरका नेता कार्याकर्ता,जनबर्गिय सँगठनका नेताहरुकाे सक्रियता रहेको थियो। वडामा भएका बैठकहरुबाट पार्टी सदस्यता नविकरण,नयाँ सदस्यता बितरण,टाेल कमिटि गठन र असार मसान्तसम्म वडा अधिवेशनहरु गर्ने निर्णय गरिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि