होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महाधिवेशन प्रतिनिधिलाई देउवाले भने- ‘मैले जित्नै पर्छ, नत्र प्रधानमन्त्रीबाट हटाउन सक्छन्’
समाचार

महाधिवेशन प्रतिनिधिलाई देउवाले भने- ‘मैले जित्नै पर्छ, नत्र प्रधानमन्त्रीबाट हटाउन सक्छन्’

  • नागरिक रैबार
महाधिवेशन प्रतिनिधिलाई देउवाले भने- ‘मैले जित्नै पर्छ, नत्र प्रधानमन्त्रीबाट हटाउन सक्छन्’

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् । लैनचौरको एक बैंक्वेटमा आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा उनले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका थिए ।

‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उनले भने, ‘त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’

उनले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।

विज्ञापन

उनले भने, ‘प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ। तपाईंहरुलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरुलाई थाहै छ । ‘

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार